Take a fresh look at your lifestyle.
npa 9 suchana

महादेव मन्दिरको सार्वजनिक जग्गा फिर्ता गराउन ज्ञापन पत्र

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २६ भदौ ।
सार्वजनिक जग्गा व्यतिmको नाममा रजिष्ट्रेशन गराएकोले फिर्ताका लागी महादेव स्थल बचाउ सघर्ष समिति शिवनगरका संयोजक विजय शाहले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापन पत्र बुझाएका छन । संयोजक शाहद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा गरुडा नगर पालिका ५ शिवनगरमा महादेव मन्दिरको नाममा रहेको जग्गा गरुडा नगर पालिका ५ निवासी कृष्णदेव गिरीले कर्मचारीलाई मिलाई फर्जी कागज पत्रको आधारमा महादेव मन्दिरको वरिपरी रहेका जग्गालाई निजी नाममा गराएकोले फिर्ता गराउन ज्ञापन पत्र बुझाएका हुन । सोही ज्ञापन पत्रमा मन्दिरबाट प्राप्त हुने आम्दानी एकलौटी रुपमा प्रयोग गर्दै आएको उल्लेख गरेका छन । महादेव स्थलको सार्वजनिक जग्गा र आम्दानी असुल उपर गराइ दोषी माथि कडा कारबाईको माग गरेका छन । इलाका प्रशासन कार्यालय गरुडामा आइतवारको दिन ज्ञापन पत्र दिई महादेव सर्घष समितिद्धारा गरुडा देखि शिवनगर सम्म विरोध प्रर्दशन गरिएको जिप्रका गौरमा बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ । नेपाल सरकारद्धारा सात दिन भित्रमा दोषी माथि कारबाईको प्रक्रिया अगाडी नबढाएमा थप सर्घषको कार्यक्रम गर्न बाध्य हुने उल्लेख छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.