Take a fresh look at your lifestyle.
npa 9 suchana

बच्चा चोरीको अफवाह

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २७ भदौ ।
विगत केही दिन यता रौतहट जिल्लाका केही स्थानहरुमा बच्चा चोरी, अपहरण गर्ने समूह प्रवेश गरेको र बच्चा चोर्ने प्रयास भई रहेको भन्ने विना आधार र विना तथ्य भ्रामक अफबाह फैलिएको प्रति जिल्ला प्रहरी कार्यालय रौतहटको ध्यानाकर्षण भएको जनाएको छ । सवै नागरिकहरुले यस प्रकारको अफवाहले केही वर्ष अघि पनि थुप्रै निर्दोष व्यक्तिहरु पिडित बन्नु परेको घटना पुनः स्मरण गर्दै अत्यन्त सचेत रहन जरुरी देखिन्छ जिप्रकाद्धारा जनाएको छ । प्रहरीलाई यस खालको सूचना आउने क्रम बढ्दो रहेको र घटना स्थल भनिएको स्थानमा पुग्दा कहिले उखु बारीमा लुकेको, कहिले कता भाग्यो भन्ने जस्ता तथ्यहिन भ्रामक कुरा प्राप्त हुने गरेको छ । यस प्रकारको अफवाह केही उदण्ड समूहले समाजमा डर पैदा गर्ने अभिप्रायले फैलाएको हुन सक्ने हुँदा सवै रौतहटवासी नागरिकलाई सचेत रहन हार्दिक अनुरोध गरिएको छ । यस खालका अफबाहले समाजमा शान्ति खलल हुनका साथै अप्रिय घटना समेत घट्ने सम्भावना हुने हुँदा यस खालका भ्रमको पछि नपर्न सवैलाई अनुरोध गरिन्छ । प्रहरीले अबोप्रान्त विना आधार यस प्रकारका अफबाह प्रचार गर्ने व्यक्ति वा समूहलाई कानून बमोजिम कारवाही गर्ने समेत सूचित गरिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.