Take a fresh look at your lifestyle.
npa 9 suchana

बौधीमाइ नगरपालिकामा राहत वितरण

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३० साउन ।
बौधीमाइ नगरपालिकामा धेरै दिन पछि राहत वितरण गरिएको छ । नगरपालिकाका वडा न १ अजगैवीका वडाध्यक्ष गुदर राय यादवले आफ्नै रोहबरमा वडावासीलाई सामाजिक दूरी कायम गरि राहत वितरण गरेको हो । बौधिमाई नगरपालिका अन्तर्गत अजगैवीमा प्रदेश २ सरकार बाट २ महिना अघि उपलब्ध गराएको राहत स्थानीयलाई विहिबार वितरण गरिएको हो । लामो समय सम्म जारी लकडाउनको कारण गरिब विपन्न परिवारहरू खानका लागि धौधौ परिरहेको अवस्थामा वडाध्यक्षले घरेलु तथा साना उधोग बाट ६५ वटा पैकेट राहत बुझि विहिवार वितरण गराएका हुन् । राहत स्वरूप वडाको अजगैवी टोलमा करिब १ सय १० जना गरिब विपन्न परिवारलाई राहत वितरण गरिएको हो । प्रदेश सरकार बाट उपलब्ध ६५ वटा र वडा कार्यालय बाट ४५ थप गरि कुल १सय १० वटा परिवारलाई राहत वितरण गरिएको हो । चामल १५ किलो , दाल १ किलो ,साबुन १ ,तेल ५ सय ग्राम ,सोयाबिन ५ सय ग्राम , नुन १ किलो वितरण गरिएको वडाध्यक्ष यादवले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.