![npa 9 suchana](http://rautahatdristy.com/wp-content/uploads/2019/05/suchana-npa.jpg)
![suchana gadhimai](http://rautahatdristy.com/wp-content/uploads/2019/05/gadhi-mai-npa-3.jpg)
रौतहट ३० साउन ।
गौर नगरपालिकाका १७ जना सहित २१ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहटका विभिन्न नगरपालिका भित्रमा ८३ जना पुष्टि भइ सकेको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताएका छन । गौर नगरपालिकाका वडा नं ५ का एकै परिवारका ५ जना, ८ कर्मचारी र १ पत्रकार सहित १७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी कार्य सुरु भइसकेको फोकल पर्सन गुप्ताले बताए । संक्रमितहरु घरमै बसेर उपचार गराइएको छ । आइसोलेसनमा वेड खाली रहे पनि संक्रमितहरु घरमा रहेका छन ।