,रौतहट १६,भाद्र ।
गरुडा नगरपालिकाको पाँचौ नगरसभा सोमबार सम्पन्न भएको छ । सामाजिक दुरी कायम गरेर नगरपालिकाले पाँचौ नगरसभा भव्याताका साथ सम्पन्न गरेका हुन । नगरपालिकाको सभा कक्षमा भएको नगर सभामा चालु आर्थिक वर्ष २०७७÷०७८ मा नगरको समग्र विकासका लागि ६४ करोडको आय व्यय सहितको बजेट प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षमा नगरको विकासका लागि गरुडा नगरपालिकाले पाँचौ नगरसभाबाट ६४ करोड ८६ लाख ६७ हजार ३ सय ७० रुपैया बजेट पारित गरेको नगर प्रमुख इनुराय यादवले बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद मुस्ताक आलमले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगायतका बजेट प्रस्तुत गरेका थिए । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगायतलाई विशेष प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत आलमले बताएका छन । विगतमा नगरप्रमुख तथा उपप्रमुखको विचमा वाद विवाद भएको कारण नगर सभा हुन सकेबको थिए ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments