, रौतहट १७ भाद्र ।
गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले कोरोना संक्रमणमुक्त भई घर फर्केको खुसीयालीमा मोटरसाइकल –याली निकाल्दा झडप भएको छ । झडपमा दुवै पक्षका ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । झडपमा वडाध्यक्ष पक्षका खतवैया गाउँका सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकिल अन्सारी, मोजमिल अन्सारी घाइते भएका छन भने गाउले तर्फ जयदा खातुन, शेष नसिब घाइते भएका छन । निषेधाज्ञाको अवज्ञा गर्दै गुजरा नपा ६ का वडामा –याली निकाले पछि गाउले र वडा अध्यक्षको विचमा मंगलवार राति झडप भएका हुन । कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको खुसीयालीमा करीव २० वटा मोटरसाइकलमा ४० जना भन्दा बढी मानिस –याली मा निस्केको थिए । वडाध्यक्ष अन्सारीलाइ कोरोना संक्रमण पुष्टि भएपछि भदौ ९ गते चन्द्रपुरको चाँदीपार्क आइसोलेसन कक्षमा राखिएको थियो । वडाध्यक्ष सकिल अन्सारीसँग सम्पर्क गर्दा आफु जनतासँग भेटघाट गर्न गइ रहेको अवस्थामा विपक्षी नेपाली काग्रेसका शेख सकउलाहले म माथि लाठी प्रहार गरेको बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments