Take a fresh look at your lifestyle.
npa 9 suchana

भन्सार छलीका सर सामानहरु भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रोतहट ८ पुस ।
गौर नगरपालिका वड नं. २ हुदै भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अं.मुल्य साठी हजार एक सय असी बराबरको समान प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको छ । पेटीकोटको कपडा, मोबिल, कुर्ता सुरुवाल, पुजा गर्ने लोटा, चप्पल, स्विटर, मसुरोको दाल, गदा बनाउने कपडा, ग्रिस गन, लगायतका सर समानहरु सोमवार .२१ः४५ बजेको समयमा जिल्ला प्रहरी कायाृलय रौतहटबाट खटिएको प्रहरी टोलीले पक्राय गरेको हो । यसै गरी राजदेवी नगरपालिका वडा नं.९ ब्रम्हपुरी नजिक नेपालबाट टाउँकोमा बोकी सौफी रक्सी भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरी गस्तीलाई देखि उक्त सौफीहरु छाडी भागि फरार भएकोमा प्रहरी टोलीले फेला पारीएको जनाएको छ । अं.मुल्य अन्ठावन हजार पाँच सय बरबरको ७८ काटुनमा २३४० पिस सौफी रक्सी वेवारिसे अवस्थामा मगलवार विहान ५ः३० वजे फेला पारेको बताइएको छ । अ.प्र.पोष्ट लौकाहाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं.३ नजिक बकैया नदीको पश्चमपट्टीको बाँधमा नेपालबाट गाई र गोरू भारत तर्फ लैजादै गरेको अवस्थामा गाई गोरु सहित ईशनाथ नगरपालिका वडा नं.९ वस्ने अं.वर्ष २१ को विकास यादवलाई नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ । दुई लाख मुल्य बराबरको ८ वटा गाई, ६ वटा गोरु र १ वटा वाछी समेत गरी जम्मा १५ वटा गाई गोरु पक्राउ गरिएको छ । बरामद सर समान सहित मानिस आवश्यक कारवाहीको लागि मगलवार गौर भन्सार कार्यालयमा बुझाईएको छ। रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत विभिन्न मितिमा यस जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.