Take a fresh look at your lifestyle.
npa 9 suchana

जनता समाजवादी पाटी का कार्यकर्ताद्धारा राष्ट्रपति र प्रधानमन्त्रीको पुलता दहन

gadhimai nagar palika ko suchana
suchana gadhimai


,रौतहट १० पुस । जनता समाजवादी पार्टी नेपाल रौतहटका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुलता जलाएका छन् ।
संघीय संसद विघटन गरेको विरोधमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अनुरुप जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले शुक्रवार दिउसो २ वजे गौरको मधेशी क्रान्ती चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएका हुन ।
प्रहरीले पुतला जलाउन नदिने उदेश्यले आएपनि कार्यकर्ताहरुले पुतला जलाउन सफल भएका छन् । प्रहरीको प्रयास पुतला जलाउन नदिने रहेका थिए ।
पुतलामा जसपाका युवा नेता श्याम विहारी यादवले प्रहरी रहेको ठाउ देखि ५० मिटरको दुरीमा आगो लगाएर नारावाजी गर्न लाग्दा निभाउनको लागि खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली दौडेर गएका थिए ।
पुतला दहन पश्चात आयोजित सभामा सम्वोधन गर्दै जनता समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य एवं जिल्ला इन्चार्ज ब्रिज कुमार यादवले रगत बगाएर ल्याएको संघीय गणतन्त्र नेकपा सरकारले समाप्त पार्ने खोजेको आरोप लगाए ।संघियता खतरामा रहेकोले जनता समाजवादी पार्टीले रक्षाको निमित आन्दोलनमा होमिएको यादवले बताए । कम्युनिस्ट पार्टीले संघियता खारेज गर्ने सोच लिएकोले सोच कुनै पनि हालतमा पुरा नहुने ठोकुवा उनले गरे ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.