Take a fresh look at your lifestyle.
npa 9 suchana

अबको आन्दोलन सुचना प्रविधिद्धारा गर्न पूर्व मन्त्री साहद्धारा अपिल

gadhimai nagar palika ko suchana
suchana gadhimai


सर्लाही ,कार्तिक १ गते ।
सर्लाही जिल्लाको ब्रहमपुरीमा आयोजित शुभकामना अदान प्रदान कार्यक्रममा पूर्व मन्त्री प्रभु साहलाई जनताद्धारा भव्य स्वागत गरेका छन । आइटी आर्मीद्धारा आयोजित विजयदशमीको शुभकामना अदान प्रदान कार्यक्रममा सहभागी हुन गएका पूर्व शहरी विकास मन्त्री प्रभु साहलाई भव्य स्वागत गरेका हुन । सो कार्यक्रममा बोल्दै पुर्व मन्त्री साहले अहिलेको युग सुचना प्रविधिकको युग रहेको बताए । अहिलेको युगमा पनि हक अधिकारबाट वञिचत रहेका जनताले आफनो हक अधिकार लिन आन्दोलन गर्न सुझाव दिएका थिए । नेता साहले अबको आन्दोलन सुचना प्रविधिद्धारा गर्न उनले आग्रह गरे । विगतको विभिन्न कालखण्डमा भएको आन्दोलनले परिवर्तन हुदै गएको स्मरण गराउदै नेता साहले अवको आन्दोलनले पुर्ण परिवर्तन गराउन आग्रह गरे । दिन रात मेहनत गर्ने किसानलाई सरकारद्धारा कुनै सुविधा उपलब्ध नगराएको भन्दै किसानलाई पेन्सन , विना व्याजको ऋण ,मल खाद्ध सुविधाका लागी अगाडी आउन किसान वर्गसँग आग्रह गरेका थिए । नेपालको कानुनले राजनिति गर्ने व्यतिmलाई ५ वर्षको अवधि तोकिएको छ भने कर्मचारीलाई ३० वर्षको अवधि तोकिएको बताए । कर्मचारीले तलब सुविधा लिदै आए पनि घुष खाने प्रवृति बढदै गएको उनले बताए । कर्मचारीले ३० वर्षको अवधिमा घुष सहित तलव सुविधा पाए पनि ती कर्मचारीको श्रीमतिलाई पनि पेन्सन सुविधा दिई रहेको प्रति आपति जनाएका थिए । भ्रष्टाचारको विरुद्धमा उत्रने नेता लडदा लडदै प्रास्त हुने गरेको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.