

भन्सार छली गरी ल्याउँदै गरेको कपडा सहित मानिस पक्राउ
, रौतहट ११ माघ ।
भारतबाट अवैध रुपमा भन्सार छली गरी ३० हजारको कपडा ल्याउदै गर्दा मानिस सहित एक लाखको मोटरसाइकल समेत पक्राउ गरी भन्सार बुझाइएको छ ।
सोमवार अन्दाजी १३ः४०बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटी गएको प्रहरी चेकिङ टोलीले जिल्ला रौतहट गौर न.पा. वडा नं. ५ स्थितमा बि आर ०७ ए एन ५१९२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा सो मोटरसाइकलमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अंन्दाजी मुल्य तिस हजार बराबरको कपडा फेला परेको हुँदा नियन्त्रणमा लिएको जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले बताए ।
उक्त कपडा र मोटरसाइकल गरी एक लाख तिस हजार बरावरको कपडा , मो.सा. र मो.सा. चालक जिल्ला रौतहट गरुडा न.पा. वडा नं. ६ बस्ने अं. बर्ष ३४ को अरुण मिया दर्जी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले बताइएको छ ।