

सीतामढ़ी २७ जनवरी ।
गुरुकुल आर्य समाज आवासीय संस्कृत उच्च विद्यालय बैरगनिया सीतामढ़ीमां प्रधानाध्यापक मनोज कुमारले झण्डातोलन गरी गणतन्त्र दिवस मनाएका छन ।
सो अवसरमा प्रबंध समितिका अध्यक्ष सुभाष यादव सचिव विश्वनाथ प्रसाद गुप्ता, अभिभावक, बालबालिका, शिक्षक, शिक्षिकाहरु उपस्थित रहेको थियो ।
विद्यालयमा महापुरुषहरुको प्रदर्शनी लगाई बालबालिकाहरुलाई जानकारी गराइएको थियो । विद्यालयमा क्विज प्रतियोगिता, गणित दौड़, चित्रांकन रंगोली, देशभक्ति तथा शिक्षामा आधारित भाषणका आयोजना गरिएको थियो । सफल बालबालिकालाई पुरस्कार तथा प्रसाद वितरण गरिएको थियो ।