Take a fresh look at your lifestyle.
npa 9 suchana

१८ जना फरार प्रतिवादीहरुलाई पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

१८ जना फरार प्रतिवादीहरुलाई पक्राउ
रौतहट १७ माघ ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका १८ जना फरार प्रतिवादीहरुलाई खटिएको प्रहरी टोलीले खोज तलास तथा पक्राउ गरी आवश्यक कारवाहीको लागि रौतहट जिल्ला अदालतमा पठाईएको छ ।
पक्राउ पर्नेमा गराश महरा चमार किर्ते जालसाजी, शेख जाकीर, सगीरा खातुन, जितन राय यादव लुटपिट गाली बेईज्जती, उमापती देवी कुटपिट, रूदल सहनी कुटपिट, कोशिला देवी कल्वार जालसाजी, संतोष कुमार जालसाजी, आशा देवी भण्डारी, जालसाजी, रामसिहासन साह जालसाजी, साहेबलाल साह जालसाजी, गंगाजली देवी किर्ते, ललिता देवी दास कुटपिट लुटपिट, प्रभा देवी ,महेन्द्र राय यादव गाली बेईज्जती कुटपिट, गेनालाल साह जग्गा खिचोला ,सियाराम साह जग्गा खिचोला, रामनाथ साह जग्गा खिचोलामा दण्ड सजाय तथा जरिवाना वाँकी रहेकोले पक्राउ गरिएको जिप्रका रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.