Take a fresh look at your lifestyle.
npa 9 suchana

गौर राईस मिल बचाउ संघर्ष समितिद्धारा जिप्रका रौतहट मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र

gadhimai nagar palika ko suchana
suchana gadhimai

गौर राईस मिल बचाउ संघर्ष समितिद्धारा जिप्रका रौतहट मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र
रौतहट ३ चैत ।
गौर राईस मिल बचाउ संघर्ष समिति गौर रौतहटद्धारा आज जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएका छन ।
सर्व दलिय, सर्व पक्षिय बैठकले गरेको निर्णय अनुसार उच्च स्तरीय छानबिन समिती अबिल्मब बनाई दोषी उपर कारवाही गर्नु पर्ने ,गौर राईसमिलको सम्पूर्ण ५ विघा १९ कठ्ठा १५ धुर जग्गा लाई संरक्षण गरी सार्वजनिकीकरण गर्नु पर्ने , देश भरीको मालपोत तथा नापी कार्यालयमा उक्त जग्गा बिक्री वितरणमा रोक लगाउनु पर्ने ,संर्घष समितीका जायज मांगलाई बेवास्ता भए जनता कडा संर्घषका कार्यक्रम गर्न बाध्य हुने जस्ता माग ज्ञापन पत्रमा उल्लेख गरी बुझाएका छन । नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्य अजय कुमार गुप्ता , जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसैद ,पुर्व उपमेयर किरण ठाकुर , श्याम सुन्दर पटेल , वडा अध्यक्ष जनार्धन साह , भुषण सिह लगायत सयौ नेता कार्यकर्ताहरुले आज जिप्रकाद्धारा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएका हुन ।
विगत लामो समय देखि गौर नगर लगायत रौतहट जिल्ला भरिका आम नागरिकले सार्वजनिक रुपमा प्रयोग गर्दै आएको एतिहासिक गौर राईस मिल मैदानलाई गौर नगरपालिकाको कार्यपालिकाले राता–रात बन्द कोठा बाट बिक्रि गर्ने गरेको निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरेको छ । गौर नगरपालिकाका नगर प्रमुख लगायत केहि जनप्रतिनिधी र भुमाफियाको मिलोमतोमा गरिएको निर्णयको सम्पूर्ण न्यायप्रेमी जनसमुदाय घोर भत्र्सना गरेको छ ।
रौतहट जिल्लामा हुदै आएको जिल्ला स्तरीय खेलकुद, विभिन्न मेला, महोत्सव, धार्मिक यज्ञ, अनुष्ठान, प्रवचन तथा राजनैतिक दलका सभा समारोह लगायत सार्वजनिक रुपमा वर्षौं देखि प्रयोग हुदै आईरहेको गौर राईस मिल मैदानको जग्गा उपर भुमाफियाले गरेको जालझेल बारे गौर नगरपालिकाको कार्यालयलाई यथार्थ थाहा हुँदाहुदै पनि गौर नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरी जनभावना विपरित कार्य गरेको र सो जग्गा तहस नहस गरी निजीकरण गर्ने षडयन्त्र गरेपछि यहाँका जनता आन्दोलित रहेको बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।
२०६६।१२।२९ मा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा रहेको मन्त्रिपरिषदले यस जग्गालाई अधिग्रहण गर्ने निर्णय गरेपनि सो अधिग्रहणका लागी स्रोतको सुनिशिचता नगरेपछि हालसम्म सो जग्गाको अधिग्रहण अन्यौलमा रहेको र भुमाफियाहरु विभिन्न किर्ते कागजात तैयार गरी न्यायालयलाई समेत प्रभावमा पारी आफ्नो पक्षमा फैसला गराएपनि हाल सम्म यहाँका जनताले भुमाफियाको प्रयासलाई रोकेर राखेको बेला जनप्रतिनिधीहरु नै सो कार्यमा संगलन हुनु शंकास्पद र लाजस्पद रहेको हाम्रो ठहर रहेकोले गौर राईसमिल मैदानको जग्गा एक इन्च पनि कुनैभुमाफियालाई नदिने गरी राज्यको स्वामित्वमा सो जग्गा सार्वजनिक हितका लागी अधिग्रहण गर्ने तर्फ पहल गर्न ज्ञापन पत्र मार्फत अनुरोध गरेको छ ।
गौर नगरपालिका लाई सो निर्णय तत्काल फिर्ता लिन यसै व्योहराको ज्ञापनपत्र नगर प्रमुख शम्भु साहलाई बुझाएको र सो अनुरुप कार्य हाल सम्म अगाडि नबढेको हुँदा हामी सम्पूर्ण रौतहटबासी थप आन्दोलीत हुन बाध्य भएका छौं ।
गौर राईस मिल बचाउ निम्ती जारी आन्दोलनलाई नगर प्रमुखले बेवास्ता गरे पश्चात संर्घष समितीले आन्दोलनका विभिन्न कार्यक्रमहरु जारी राख्नुको साथै वडा स्तरमा समेत जागरण अभियान जारी राखेको छ ।
गौर राईस मिल बचाउका लागी १० दिन देखि जारी अधिकारको आन्दोलन लाई थप हिंसक बनाउन गौर नगरपालिकाका नगर प्रमुख स्वंम सक्रिय रहेको हुँदा बाध्यात्मक अवस्थामा सो बाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी नगर प्रमुख शम्भु साहले नै लिनु पर्ने जानकारी ज्ञापन पत्र मार्फत जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.