Take a fresh look at your lifestyle.
npa 9 suchana

गौरवासीसँग जनमत सग्रह गराउन अपिल

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ६ चैत ।
गौर राइस मिलको जग्गा गौर नगर पालिकाका जनप्रतिनिधिहरुले विक्री गर्न लागेको विरोधमा आज गौर नगर पालिकाका वडा न १ मा विरोध सभा सम्पन्न भएको छ ।
गौर नगर पालिकाका विभिन्न वडाहरुमा जनजागरण अभियान संचालन हुदै आएको अवस्थामा आज नवौ दिन दिन वडा न १ को रामजानकी धर्मशालाको प्राङ्गनमा सो सभा सम्पन्न भएको हो ।
सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले गौर राइस मिलको जग्गा विक्री गर्न हुने कि नहुने विषयमा गौरवासीसँग जनमत सग्रह गराउन अपिल गरेको छ । जनमत सग्रहमा गौरवासीले मिलको जग्गा विक्री गर्ने पक्षमा मत दियो भन्ने म सदैवको लागी राजनिति सन्यास लिने छु बताए ।
मिलको जग्गा विक्री नगर्ने पक्षमा मत बढी आयो भन्ने मेयर शम्भु साहले के गर्ने घोषण गर्न चुनौती नेकपा एकालेका नेता गुप्ताले आज मेयर साह कै वडामा आयोजित सभामा उदघोष गरेका छन ।
उनले सोही सभाबाट राइस मिलको जग्गा विक्री गर्न लागेको माथि छानवीन गरी कारवाई गर्न प्रदेश र संघ सरकारसँग जोडदार माग गरेका छन ।
सोही अवसरमा पुर्व उपमेयर किरण ठाकुर , नेपाली काग्रेसका प्रतिनिधि तथा मेयर प्रत्यासी मोहन यादव , वडा न ३का पुर्व वडा अध्यक्ष श्याम सुन्दर पटेल , गौर नगर पालिकाका वडा न ८ का वडा अध्यक्ष जनार्दन शाह , पुर्व वडा अध्यक्ष मोहन सिह , समाजसेवी भुषण सिह , पुर्वा वडा अध्यक्ष राकेश झा , लगायतका वक्ताहरुले राइस मिलको जग्गा कुनै हालतमा विक्री गर्न नदिने जस्ता अडानका साथ जनजागरणमा मन्तव्य दिएका थिए । सो सभा समाप्त भए पछि ट्रासमर्मर चोकमा टायर बाली सघर्ष समिति जिन्दावाद , भुमाफिया मुर्दावाद , मेयर शम्भु साह राजिनामा देउ जस्ता अनेकौ चर्को नारा लगाएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.