Take a fresh look at your lifestyle.
npa 9 suchana

जनमत पार्टी प्रदेश समन्वय समितीद्धारा महत्वपुर्ण निर्णय

gadhimai nagar palika ko suchana
suchana gadhimai

जनमत पार्टी प्रदेश समन्वय समितीद्धारा महत्वपुर्ण निर्णय
रौतहट ११ चैत ।
जनमत पार्टी प्रदेश समन्वय समितीको अध्यक्ष राम स्नेही यादवको अध्यक्षतामा प्रदेश सचिवालयको नियमित बैठक सम्पन्न भएको छ ।
सो बैठकमा फाल्गुन २७ गते बर्दिबासमा सम्पन्न जनमत पार्टी प्रदेश समन्वय समितीको पुर्ण बैठकले गरेको बारह बुंदे निर्णय अक्षरस कार्यान्वयन तर्फ लाग्ने निर्णय गरेका छन ।
दलित, अल्पसंख्यक र गरिबहरु माथि भइरहेको उत्पिडन लाई नियन्त्रण गर्न आवश्यक कानुन र संयत्र बनाउन प्रदेश सरकार र संघिय सरकार संग माग गर्ने निर्णय सोही बैठकबाट गरेको हो ।
मधेश प्रदेश भित्र प्रदेश सरकार र संघिय सरकार बाट ठेक्का पट्टा वा उपभोक्ता समिति मार्फत भइरहेको बिकास निर्माणका कार्यहरूलाई मापदण्ड अनुरुप भए नभएको प्रदेश सदस्यहरुलाई अनुगमन निरीक्षण गर्न निर्देशन गर्ने निर्णय भएको हो ।
उक्त विकासका कार्यहरूमा कुनै प्रकारको अनियमितता देखिएमा अथवा बुझिन आएमा प्रदेश समिति मार्फत अख्तियार दुरुपयोग आयोग लगायत निकायहरुमा उजुरी गर्ने भ्रष्टाचार विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरिएको छ ।
अस्पतालहरूबाट उपचारमा लापरबाही, अनाहक बिल बनाउने कार्यहरु लगायतका अनियमित गतिविधि नियन्त्रण गर्न अस्पताल अनुगमनलाई थप प्रभावकारी बनाउन मधेश सरकार संग माग गर्ने निर्णय गरिएको केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं मधेश प्रदेश प्रवक्ता ललित मल्लिक शानू बताएका छन । प्रदेश समन्वय समिती सचिवालयमा दुई जना सचिवालय सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ताशानूले बताए । याकुव अंसारी (धनुषा) – सचिवालय सदस्य , दिलिप कुमार कर्ण (सर्लाही) – सचिवालय सदस्य मनोनयन गरिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.