Take a fresh look at your lifestyle.
npa 9 suchana

पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासङ्हले कानुनी कारबाही गर्ने

gadhimai nagar palika ko suchana
suchana gadhimai

पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासङ्हले कानुनी कारबाही गर्ने
रौतहट १४ चैत्र ।
समाजिक संजालमा पत्रकारहरुलाइ सामुहिक बदनाम गराउने जोकोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ ।
महासङ्ह रौतहटका सचिव गौतम श्रेष्ठले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै, केही समय देखि समाजिक संजालमा रौतहटका सञ्चारकर्मी पत्रकारहरुलाइ सामुहिक रूपमा बदनाम गर्ने गरि केही व्यक्तिहरुले अशिष्ट भाषाको प्रयोग गरि तथानाम लेख्ने गरेको प्रती हाम्रो ध्यानाकर्षण भएको जनाएको छ ।
जारी विज्ञप्तिमा, कुनै व्यक्ति वा पात्र संगको वैचारिक मतभेद वा रिसिविलाई लिएर सिङ्गो सन्चरकर्मिहरुलाई बदनाम गर्ने काम हुनुहुदैन । कोहि कसैले बदमासी गरेको भए सो व्यक्तिको नाम किटानी गरि सम्बन्धित निकायामा उजुरी गर्नुको साटो सम्पुर्ण पत्रकारलाई आरोप लगाउनु निन्दनीय रहेको भन्दै यस्तो गर्नेलाई कानुनी कार्वाही गर्ने उल्लेख गरिएको छ ।
समाजिक संजालमा बिना प्रमाण पत्रकारहरुलाई आरोप लगाउने, बदनाम गराउने अपशब्द प्रयोग गरि गालिगलौज गर्ने कार्य भएमा सोको विरुद्ध हामी कानुनी कार्यवाहीमा जाने बाध्य हुने भन्दै त्यस्ता किसिमको घटनाहरुको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै समाजिक संजालमा निगरानी बढाउन आग्रह गरेको छ ।
साथै जारी विज्ञप्ति मार्फत सञ्चारकर्मिहरुलाई कार्यक्षेत्रमा नेपाल पत्रकार महासङ्हले तोकेको पत्रकार अचार संहिता भित्र रहेर आफ्नो जिम्मेवारी र दायित्व बमोजिम काम गर्न समेत आग्रह गरेको हो ।
त्यस्तै नेपाल पत्रकार महासङ्ह रौतहट शाखाको आजै बसेको बैठकले सह सचिव दिनेश यादव संगमलाई सूचना अधिकारीको रूपमा नियुक्त गरिएको अध्यक्ष सन्जय कुमार कार्किले जानकारी गराएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.