Take a fresh look at your lifestyle.
npa 9 suchana

जनमत पार्टी रौतहटका जिल्ला इन्जार्य जमसैद लगायतका टोली मधेश मुख्यमन्त्री समक्ष ज्ञापनपत्र

gadhimai nagar palika ko suchana
suchana gadhimai

जनमत पार्टी रौतहटका जिल्ला इन्जार्य जमसैद लगायतका टोली मधेश मुख्यमन्त्री समक्ष ज्ञापनपत्र
रौतहट १४ चैत्र ।
गौर राइस मिल क्षेत्रको संरक्षण, सम्वर्दन र विकास गर्नको लागी स्थानीय तहको मातहतमा नराखी मधेस प्रदेशको मातहतमा अधिग्रहण गरी संरक्षण, सम्वर्दन र विकास गरियोस भनी माग राखी जनमत पार्टी रौतहटका जिल्ला इन्जार्य शेख जमसैदले मधेश प्रदेशका मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन ।
गौर नगरपालिकाको जनप्रतिनिधि पदाधिकारीहरुले उक्त राइस मिलको एक टुक्रा जग्गा दानमा लिइ बाँकी जग्गा बिक्रीको लागी बाटो प्रसस्त गरेको प्रती जनमत पाटीको गंभिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझाउने क्रममा जनमत पार्टीका मधेश प्रदेश प्रवक्ता ललित मल्लिक शान्ूा लगायतका नेताहरुको सहभागिता रहेका थिए ।
बिगतमा गौर नगर प्रमुखले विनियोजित वजेट रकमान्तर गर्न गरेको जालझेल र अहिले नगर कार्यपालिकाले गरेको निर्णयले नगर प्रमुख र नगर कार्यपालिका नियत नै बदनियतपूर्ण रहेको र भु–माफियाहरुको चलखेलमा परी ऐतिहासिक गौर राइस मिल मैदानलाई ललिता निवास प्रकरण, गिरी बन्धु टि स्टेट भै जनताको नासो लुट्ने प्रयासमा रहेको स्पष्ट भएको बुझाइएको ज्ञापन पत्रमा छ ।
रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका स्थित ऐतिहासिक गौर राइस मिल मैदान दशकौं दशक देखी खेल मैदान, मेला महोत्सव, सभा समारोह लगायत बिभिन्न समसमायिक गतिविधिमा जनताको सार्वजनिक नासोको रुपमा प्रयोग गरिदै आएको सर्वविदितै छ ।
वि.स. २०६६ सालमा नेपाल सरकार मन्त्रीपरिषद् द्वारा सम्पुर्ण गौर राइस मिल क्षेत्रलाई अधिग्रहण गरी सार्वजनिक खेलमैदानको रुपमा विकास गर्ने निर्णय गरिसकेको र बिगतमा मधेश प्रदेश सरकारले दुई दुई चोटी अधिग्रहणको लागी बजेट पनि बिनियोजन गरिसकेको तर भु–माफियाहरुको चलखेल, केही कानुनी जटिलता तथा स्थानीय केही नेताहरुको राइस मिल मुद्दालाई बलझाएरै राखी आफ्नो राजनीतिक रोटी सेक्ने कुत्सित नियतको कारण जनताको नासो पुर्ण रुपले जनताको हुन नसकेको सर्वविदितै छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.