

गौर नगर पालिकाको वडा न ६ सवगढामा गुणस्तरहिन निर्माण
रौतहट ७ बैशाष ।
गौर नगर पालिकाको वडा न ६ सवगढामा गुणस्तरहिन निर्माण कार्यमा भइ रहेको स्थानीयले बताएका छन । सो निर्माण कार्यमा वालुवा गिटी बढी मात्रामा राखेर सिमेन्ट थोरै मात्रामा राखी निर्माण कार्य भइ रहेको छ । सो निर्माण कार्य कुन निकायबाट भइ रहेको थाहा नदिई नै निर्माण कार्य गरी रहेको स्थानीयले बताएका छन । नियम कानुन मिची निर्माण कार्य हुने गरेकोले गुणस्तरहिन कार्य हुदाँ पनि सम्बन्धित निकाय मौन रहेको स्थानीयको गुनासो रहेको छ । ठेकेदार तथा राजनिति कार्यकर्ताहरुले आयोजनाहरु २० प्रतिशतमा खरिद विक्री गरी निर्माण कार्य हुने गरेको कारण सूचनापाटिको नराखिएको एक जना जानकारले बताए । स्थानीय तह , प्रदेश र संघद्धारा हुने निर्माण कार्यमा आयोजना सूचनापाटीको अभाव देखिएको छ । निर्माण कार्य हुने स्थलमा आयोजनाको नाम ,आयोजना संचालन गर्ने कार्यालय र कार्यक्रमको नाम ,सम्बन्धित व्यतिmको नाम र सम्पर्क नम्बर ,कूल लागत रकम , आयोजनामा कार्यालयबाट व्यहोर्ने लागत रकम , जनसहभागिताबाट व्यहोर्ने लागत रकम , आयोजनाको सम्झौता मिति ,आयोजना सम्पन्न गर्ने मिति , आयोजनाबाट लाभान्वित जनसंख्या जस्ता निर्माण कार्यमा सूचना पाटि टाँस गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।