

मसाल जलाएर युवालाई दिने कोशिशमा छौ अध्यक्ष त्रिपाठी
, रौतहट १३ गते बैशाख ।
जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष हृदेश त्रिपाठीले आज रौतहटको सदरमुकाम गौरमा कार्यकर्ता भेटघाट गर्दै सविधान संशोधन वहसको विषय लिएर गठन भएको सरकार संशोधन तर्फ ध्यान नदिएको आरोप लगाएका छन ।
वर्तमान सरकार बन्ने बेलामा मजवुत सरकारको आपेक्षा रहेकोले सकारात्मक रुपमा लिए पनि आपेक्षा नकरात्मक भएको टिप्पणी उनले गरे । चुनावमा पहिलो र दोस्रो संख्या हासिल गर्ने पार्टीको गठनवन्धन विरलै हुन्छ उनले भने ।
अहिले संविधान संशोधन विवादित हुन्छ किन कि अहिले लवारिस अवस्थामा संविधान रहेको अध्यक्ष त्रिपाठीले बताए । सवै दलले संविधान हामीले मानेका छैनौ सविधान लवारिस छ संशोधन हुदैन उनले उदाहरण सहित भने ।
यथास्थितिमा २०८४ को चुनावमा पहुच हुदैन विवेक र बदलाव हुन्छ भन्ने सकारात्मक हुन्छ नत्र दुर्घटना हुन्छ उनले कार्यकर्ता भेटघाटमा भने । वर्तमान सरकार प्रति जनताको असहमति छ राजा प्रति प्रतिक्रिया छ उनको भनाई थियो ।
अपमान सहेर पनि सघिय लोकतान्त्रिक मोर्चा गठन गर्न भएको बताउदै उनले विभिन्न कारणवश कमजोर भएका मधेशी दलका नेताहरुले एक ठाउँमा बस्न नरुचाउनेलाई एक ठाउँमा ल्याउन धेरै प्रयास तथा अपमान सहन गर्नु परेको बताए ।
मधेशी नेताको मनमा भ्रम ,नेतृत्वको चिन्ता रहेकोले कसैको नेतृत्व होइन सबै बराबर हैसियतमा रहने गरी मोर्चा बनाउन प्रयासको कारण सफल हुन पुगेको स्पष्ट धारणा राखेका थिए ।
सवै भन्दा दमन मधेश र मधेशी प्रति भएको, पुराना सदरमुकाम ओझल परे पनि मधेशी दललाई सकारात्मक प्रभाव मधेशी जनतामा नरहेको कारण मधेशमै मधेशी दल पछाडी पर्दै आएको उनले बताए ।
मधेशी दलले उठाएको माग अनुसार २९ हजार ७ सय आरक्षणमा मधेशीहरुले नियुतmी पाएका छन । संविधान तथा आरक्षण कसैले चन्दामा दिएको होइन ,पुरुस्कारमा पाएको होइन ,निगाहमा मिलेको होइन लडेर लिएको बताए । मधेशी दल विभाजनबाट कमजोर भएको स्वीकार गर्दै उनले मधेशी पक्ष एक बने वातावरण तयार गर्न आवश्यक रहेको उनले बताए ।
आउने समयमा मधेशीलाई क्षति कम गर्न काम गर्नु पर्ने अवधारण लिएर बढनु पर्ने बताए । मधेश विभक्त छ विभाजित छ एकिरकण ठिक्न सकिदैन त्यसकारण नेतृत्वको मनोविज्ञानलाई सम्बोधन गर्दै मोर्चाको गठन भएको बताए ।
नागरिक उन्मुक्ती पार्टी र जनमत पार्टीको एकिकरणलाई सकारात्मक रुपमा लिएको उनले बताए । मोर्चामा भएको अचार संहिता पालन गराउन एक अर्कालाई दोषारोपण नगर्ने उनले भने । बलको तुलात्मक हुन्छन चेतना र विवेकको तुलात्मक हुदैन चेतना विश्वासको संकट नेता कार्थकर्ता विच र कार्यकर्ता र जनता विच रहेको बताए ।मसाल जलाएर युवालाई दिने कोशिशमा छौ प्रयास छ उनले भने। जनता प्रगतिशिल पार्टी नेपालका जिल्ला अध्यक्ष अम्विका यादवको अध्यक्षतामा केन्द्रिय वरिष्ठ उपाध्यक्ष डा शिवजी यादव र केन्द्रिय सदस्य श्रीमन नारायण मिश्रको उपस्थिति रहेको थियो ।