Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रादेशिक अस्पताल गौरमा आज आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द

gadhimai nagar palika ko suchana
suchana gadhimai

प्रादेशिक अस्पताल गौरमा आज आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द
रौतहट, साउन १२ — नेपाल चिकित्सक संघ (NMA) को आह्वानअनुसार प्रादेशिक अस्पताल गौरले आज (मंगलबार) आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द रहने जनाएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार भरतपुरस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको घटनाको विरोधमा देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने कार्यक्रम घोषणा गरिएको हो।
सोही कार्यक्रमलाई मध्यनजर गर्दै प्रादेशिक अस्पताल गौरमा पनि आज आकस्मिक सेवा बाहेक ओपीडी तथा अन्य नियमित स्वास्थ्य सेवाहरू बन्द रहने अस्पतालले जनाएको छ।
सेवा बन्दका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना गर्दै अत्यावश्यक स्वास्थ्य समस्या परेमा आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.