

साउन ।
रौतहटको गौर नगरपालिका–३ मा खाजा घर सञ्चालन गर्दै लागुऔषध गाँजाकोग बिक्री–वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाका आधारमा सोमबार (२०८३ साउन २३ गते) दिउँसो करिब १२ बजे गौर नगरपालिका–३ स्थित “काजल स्टील रेलिङ” नामक खाजा घरमा खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा खाजा घरको काउन्टर र्याकमा रहेको कालो प्लास्टिकको झोलाभित्र बिक्री–वितरणका लागि साना–साना पुरीया बनाई लुकाएर राखिएको अवस्थामा १२५ पुरीया गाँजा, जम्मा ७ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि खाजा घरका सञ्चालक गौर नगरपालिका–६ निवासी ३४ वर्षीय शुभ नारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका साहमाथि लागुऔषधसम्बन्धी कानुनी प्रक्रियाअनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


