Take a fresh look at your lifestyle.
npa 9 suchana

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र गौरद्वारा आयोजित झाँकी कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र गौरद्वारा आयोजित झाँकी कार्यक्रम सम्पन्न
रौतहट १९ भदौ। ब्रह्माकुमारी राजयोग सेवा केन्द्र गौरको आयोजनामा गौरस्थित ॐ शान्ति भवनमा आयोजित धार्मिक तथा सांस्कृतिक झाँकी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा भट्टले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा उहाँले कृष्णको अभिनय गरिरहेका बालकलाई माखन खुवाउँदै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य शैलेन्द्र झा, अधिवक्ता शान्ति सुवेदी, यमुनामाई गाउँपालिकाकी पूर्व उपाध्यक्ष गीतादेवी लगायत ॐ शान्तिका भक्तजन तथा स्थानीयको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र गौरकी प्रमुख जमुना दिदीले प्रमुख अतिथि डीएसपी दुर्गा भट्टलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो। उहाँलाई मायाको चिनोस्वरूप भगवान् श्रीकृष्णको तस्वीरसहित सम्मानपत्रसमेत प्रदान गरिएको थियो।
त्यसैगरी, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य शैलेन्द्र झालाई पनि खादा ओढाई सम्मान गरिएको थियो। ब्रह्माकुमारी राजयोग सेवा केन्द्र गौरकी प्रमुख जमुना दिदीले उहाँलाई भगवान् श्रीकृष्णको तस्वीर मायाको चिनोस्वरूप प्रदान गर्नुभएको थियो।
झाँकी कार्यक्रममा भगवान् श्रीकृष्णको जीवन, आध्यात्मिक चेतना तथा धार्मिक संस्कृतिसँग सम्बन्धित विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रमले धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यताको संरक्षणसँगै समाजमा शान्ति, सद्भाव र आध्यात्मिक चेतनाको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.