Take a fresh look at your lifestyle.
npa 9 suchana

सुशासन र भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता हुँदैन : प्रजिअ पौडेल

gadhimai nagar palika ko suchana
suchana gadhimai

सुशासन र भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता हुँदैन : प्रजिअ पौडेल

यमुनामाई गाउँ पालिकाको सुचना

रौतहट, २५ भदौ । रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जिल्लामा सुशासन, पारदर्शी सेवा प्रवाह तथा भ्रष्टाचार नियन्त्रणका सवालमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार सदरमुकाम गौरमा आयोजना गरेको सञ्चारकर्मीसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले नागरिकलाई सहज, छिटो र पारदर्शी ढंगले सेवा उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए।
निजामती सेवामा प्रवेश गरेदेखि नै सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्दै उनले रौतहटमा पनि त्यही कार्यशैलीलाई निरन्तरता दिने बताए। कार्यालयबाट प्रदान हुने सेवामा अनावश्यक ढिलासुस्ती, बिचौलियाको प्रभाव तथा सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिलाई निरुत्साहित गरिने उनको भनाइ छ।
“सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका विषयमा कुनै सम्झौता हुँदैन,” प्रजिअ पौडेलले भने, “कानुनको पालना गराउँदै नागरिकलाई प्रभावकारी सेवा दिनु प्रशासनको मुख्य दायित्व हो।”
रौतहटमा शान्ति–सुरक्षा कायम गर्नुका साथै अपराध तथा गैरकानुनी गतिविधि नियन्त्रण प्रशासनका प्रमुख प्राथमिकतामध्ये रहेको उनले बताए। अपराध वा गैरकानुनी गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारे।
प्रजिअ पौडेलले चाडपर्वका समयमा हुने विभिन्न गतिविधि, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, राजस्व छली तथा शान्ति–सुरक्षा जिल्लाका प्रमुख चुनौती रहेको बताए। यस्ता गतिविधि नियन्त्रणका लागि सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी प्रभावकारी रूपमा काम गरिने उनले बताए।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लाको शान्ति–सुरक्षा, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, सीमा क्षेत्रमा हुने गतिविधि तथा नागरिकका समस्यालगायत विषयमा प्रशासनको ध्यानाकर्षण गराएका थिए।
सञ्चारकर्मीका सुझाव तथा गुनासालाई सकारात्मक रूपमा लिँदै प्रजिअ पौडेलले प्रशासन र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने बताए। जिल्लाका वास्तविक समस्या र नागरिकका गुनासालाई सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रशासनका कामकारबाहीलाई पारदर्शी बनाउन सञ्चारमाध्यमको रचनात्मक सहयोग आवश्यक रहेको बताए।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.