


२० जेठ गुल्मी । गएको बिहीबार मृत अवस्थामा फेला परेकी बालिकाको पहिचान नभएपछि प्रहरीले दाहसंस्कार गरेको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लामको ढोड पहिरोमा बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।
बालिकाको चार दिनसम्म पहिचान नभएपछि प्रहरीले दाहसंस्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताए । अन्दाजी ११ बषर्ीयाको बालिकाको शव सडेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
उनको शव चार दिनसम्म जिल्ला अस्पतालमा राखिएको थियो । शव पहिचानको सम्भावना नदेखिएपछि पोष्टमार्टम गरी दाहसंस्कार गरिएको प्रहरी प्रमुख द्विवेदीले बताए । शब पहिचाहनको लागि जिल्ला भर खबर गरिए पनि कतैबाट पनि जानकारी नआएको प्रहरीले जनाएको छ ।