Take a fresh look at your lifestyle.
npa 9 suchana

मोरङको बेलबारीमा पत्रकारमाथि सांघातिक आक्रमण

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना

२० जेठ, विराटनगर । मोरङ बेलबारीका पत्रकार दिनेश गिरीमाथि गएराति सांघातिक आक्रमण भएको छ ।

बेलबारी-१ स्थित घरमा बसिरहेको अवस्थामा पाँच/सात जनाको समुहमा आएका व्यक्तिले उनीमाथि सांघातिक आक्रमण गरेका प्रहरीले जनाएको छ ।

रड, ढुंगाको कुटाइबाट पत्रकार गिरीको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । पत्रकार गिरी बेतना एफएम तथा निरन्तर खवर डटकमका सम्पादक हुन् ।

यसैबीच पत्रकार गिरीमाथि अक्रमणमा संलग्न दुई जनालाई बेलबारी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी -१ का विशाल थापा र बेलबारी – ३ का चित्र खड्का रहेका छन् । अन्य चार जनाभने फरार रहेको र उनिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले आइतबार विज्ञप्ति जारी गरी पत्रकार गिरीमाथिको आक्रमणको विरोध गरेको छ ।

पत्रकार महासंघले क्रसर उद्योगको विषयमा समाचार लेखेकै भरमा सञ्चारकर्मीमाथी आक्रमण भएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.