



राैटहट ,२१ जेठ : रौतहटको चन्द्रनिगाहपुर बजारमा फोहोर मैलाको उचित व्यवस्थापन नहुदा वातावरण प्रदुषित भईरहेको छ । बजार क्षेत्रबाट निस्कने फोहोरको उचित व्यवस्थापन नुहदा स्थानीयवासी बढि प्रभावित भएका छन् ।
चन्द्रनिगाहपुर बजार क्षेत्रबाट दैनिक रुपमा निस्कने फोहोर व्यवस्थापनको लागि सरोकारवाला जिम्मेवार नहुदा फोहोर व्यवस्थापनको समस्या दिन प्रति दिन जटिल बन्दै गएको छ ।
मुख्य गरी चन्द्रनिगाहपुरमा हप्ताको २ दिन सोमबार तथा शुक्रबार लाग्ने बजारले निस्केको फोहोरले गर्दा समस्या उत्पन्न भएको स्थानिय बासिन्दा ईन्द्र बहादुर सापकोटाले जानकारी दिए । उन्ले हप्ताको दुई दिन लाग्ने बजारक बाट निस्केको फोहेरका कारण वातावरण एकदमै प्रदुषण भएको बताए ।
यहा“का वडा अध्यक्ष तथा बजार व्यवस्थापन समितिको चरम लापरवाहीको कारण वजार सरसफाई हुन सकेको छैन । जनप्रतिनिधिहरु पनि जितेर जनताको सेवा गर्नुपर्ने अवस्थामा प्रमुख अतिथि तथा रिवन काटदै फुर्सद नभएको जन ज्योति क्याम्पसका स्ववियु सदस्य करण देवकोटाले बताए ।
बजार बाट निस्कने माछाका चोईटा , कुखुरा , खसीको आन्द्र का फोहोरहरु कुईएका साग सब्जीहरु पुलको तल थुपारीएकोले समस्या निम्तिएको हो । फोहोरबाट निस्केको दुर्गन्धले बाटोमा हिड्ने मानिसलाई समेत स्वास्थ्य समस्या भएको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।