Take a fresh look at your lifestyle.
npa 9 suchana

परोहा नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

परोहा नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा

 

रौतहट,जेठ २१ : रौतहटको परोहा नगरपालिका लाई आइतबार खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएकोे छ । रौतहटको परोहा नगरपालिका चौथो खुल्ला दिसामुक्त नगरपालिका भएको छ ।

रौतहट क्षेत्र नम्बर– २ का प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रामएकवाल यादव, परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल, उपप्रमुख सुगान्धी गिरि, प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, राजपुर नगरपालिकाका नगर प्रमुख शेख शकिल, मौलापुर नगरपालिकाका प्रमुख रीना साह, काँग्रेसका प्रभावशाली युवा नेता रामचन्द्र गिरी, बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही यादव, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गौरका प्रमुख अनिल केशरी, ईन्जिनियर मुस्ताक आलम, दिपेन्द्र ठाकुर, राजन साह, लगायतको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना

आयोजित घोषणा सभामा प्रमुख अतिथि मोहम्द अफताब आलमले परोहा नगरपालिका लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नु भएको हो । यसै आर्थीक बर्षमा रौतहट जिल्ला लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको जनाइएको छ ।

सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहम्मद आफताव आलमले स्वच्छ, सफा वातावरण निर्माणमा खुला दिशामुक्त क्षेत्र हुनु सुखद पक्ष रहेको बताउनु भयो ।

 

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.