Take a fresh look at your lifestyle.
npa 9 suchana

एशिया–प्रशान्त क्षेत्रीय बाल विकास सम्मेलन काठमाडौंमा सुरू

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं, जेठ २२     ।       प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया–प्रशान्त क्षेत्रीय बाल विकास सम्मेलनको मंगलबार उद्घाटन गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा राजधानीको होटल याक एण्ड यतिमा तीन दिनसम्म चल्ने सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रारम्भिक बाल विकास सरकारको प्राथमिकताको क्षेत्र भएको बताए।

‘संविधानले नै बालबालिकाका लागि प्रारम्भिक बाल विकास र शिक्षाको सुनिश्चितता गरेको छ। नेपालमा विकास र सम्वृद्धिको नयाँ युग सुरू भएको छ। अबको उद्धेश्य हालै स्थापित संघीय संरचनाको दिगो विकासतर्फ देशलाई लैजानु हो,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षामा ल्याउन भर्ना अभियान सञ्चालन गरिएको सम्मेलनमा जानकारी गराए। पहिलो चरणमा विद्यालय आउन नसकेका बालबालिकालाई दोस्रो चरणको भर्ना अभियानबाट जसरी पनि विद्यालय शिक्षामा ल्याउने उनले बताए।

यमुनामाई गाउँ पालिकाको सुचना

नेपालमा पूर्व प्राथमिक तहमा भर्नादर ८४ प्रतिशत रहेको छ।

सम्मेलनमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यक्तित्व निर्माणको जग बालविकास रहेको बताए। बालबालिकाको शिक्षाका अलवा स्वास्थ्य, पोषण तथा हेरचाहका सन्दर्भमा सम्मेलनमा छलफल हुने मन्त्री पोखरेलले जानकारी दिए। ‘बालविकासका क्षेत्रमा विभिन्न देशका अनुभवबारे सम्मेलनमा छलफल हुन्छ’ उनले भने, ‘तीन दिन छलफल गरेपछि रणनीति तयार पार्छौं।’

बच्चाको हेरचाहका लागि धेरै बजेट खर्च गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ।

शिक्षाको गुणस्तर रुपान्तरण गर्न पनि सम्मेलन फलदायी हुने मन्त्री पोखरेलले बताए। ‘बाल विकासका लागि बहुक्षेत्रीय रणनीति तयार गर्छौं’ उनले भने, ‘शिक्षामा देखिएका समस्याहरू समाधान गर्न नेपाल एक्लैले सक्दैन। सबैको सहयोग चाहिन्छ।’

यसअघि यस्तो सम्मेलन कम्वोडियामा भएको थियो। यसअघिका शिक्षामन्त्री धनिराम पौडेलले नेपालमा सम्मेलन गर्ने घोषणा गरेअनुसार अहिले यो सम्मेलन नेपालमा भएको हो।

सम्मेलनमा प्रारम्भिक बाल विकासका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका खोज, अनुसन्धान, प्रयोग तथा विद्यमान नीतिहरू छलफलका विषय हुन्।

सम्मेलन उद्घाटन कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित विभिन्न देशका शिक्षा तथा स्वास्थ्यमन्त्री, विज्ञ गरी ३२५ जना सहभागी रहेको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.