Take a fresh look at your lifestyle.
npa 9 suchana

फोरम सरकारमा गएसँगै राजपा नेपालले बोलायो बैठक, के आउला निर्णय ?

gadhimai nagar palika ko suchana
suchana gadhimai

२२ जेठ  ,काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलको बैठक बस्ने भएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा आज बस्ने अध्यक्ष मण्डलको बैठकले देशको समसामयीक राजनीतिक अवस्था तथा जेठ २५ गते बस्ने राजनीतिक समितिको बैठकको एजेण्डाको बारेमा छलफल गर्ने बताइएको छ ।
संघीय समाजवादी फोरम नेपाल केन्द्रीय सरकारमा सहभागी भएपछि प्रदेश २ तथा केन्द्रमा सो पार्टीसँग राख्ने सम्बन्धको बारेमा पनि छलफल हुने बताइएको छ ।
फोरम नेपाल केन्द्र सरकारमा सहभागी भएपछि राजपा नेपालले प्रदेश २ मा फोरम नेपालको साथ छाड्ने हल्ला चलेको छ । प्रदेश २ मा फोरम नेपाल र राजपा नेपालले मिलेर सरकार बनाएका छन् ।
यद्यपी राजपा नेपाल र फोरम नेपालका नेताहरुले प्रदेश २ को गठबन्धन नटुट्ने अभिव्यक्ति दिँदै आएका छन् । तर, पार्टीको आधिकारिक कुरा आएको छैन ।

यमुनामाई गाउँ पालिकाको सुचना
यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.