



२३ जेठ, हेटौंडा । गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् ।
मकवानपुरको बकैया गाउपालिका–९, शिखरपुरको च्याउच्याउमा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीय छलिमाया थिङ र १५ महिने बालक देव थिङको मृत्यु भएको हो । उनीहरु नाताले हजुरआमा र नाति हुन् ।
राति परेको चट्याङ लागेर घाइते दुवैजनालाई उपचारका लागि हेटौैंडा अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिए ।
चट्याङ लागेर च्याउच्याउका ४ जना घाइते भएका छन् । उनीहरुको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
चट्याङ लागेर २२ वर्षीया निर्मला भ्लोन, ५ वर्षीय निमेष भ्लोन, २ वर्षीया निशा भ्लोन र ६ वर्षीय राजु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।