


जेठ,२३ नयाँदिल्ली । फोहोरको थुप्रोमा छाडिएको नवजात शिशुलाई स्तनपान गराइ ज्यान बचाएपछि दक्षिण भारतको कर्नाटकमा एक महिला प्रहरीको सबैले प्रशंसा गरेका छन् ।
‘मैले त्यो देख्नै सकिनँ,’ उनले भनिन्, ‘मलाई मेरै बच्चा रोइरहेको जस्तो लाग्यो र बच्चालाई दूध चुसाएँ ।’
राजधानी बैंगलोरको एक निर्माण क्षेत्रमा फोहोरको थुप्रोमा उक्त बच्चालाई देखेपछि नजिकैका एक पसलेले प्रहरीलाई खबर गरेका थिए ।
शिशुलाई स्थानीयबासीले सरकारी नाम दिएका छन् । स्थानीयहरुले उक्त शिशुको नाम कर्नाटकका मुख्यमन्त्री कुमारास्वामीको नामबाट ‘सानो कुमारास्वामी’ राखेका हुन् ।
महिला प्रहरीको नाम अर्चना भएको जनाइएको छ । बीबीसीसँगको कुराकानीमा अर्चनाले भर्खरै छोरा जन्माएको र उक्त नवजात शिशुलाई पहिलोपटक देख्दा नै आफ्नै बच्चाजस्तै लागेकाले स्तनपान गराएको बताएकी छन् ।
बच्चाको जीवन रक्षा गरेको भन्दै सहकर्मीहरुले उनको प्रशंसा गरेका छन् ।
प्रहरी अधिकारी नगेश आरका अनुसार शिशुलाई शहरको बाहिरी इलाकाको फोहोरको थुप्रोमा बेवारिसे भटेपछि उनीहरुले नजिकैको अस्पतालमा लगेका थिए ।
शिशुलाई बालगृहको जिम्मामा दिइएको र कसले त्यसरी छाडेर गयो भनेर छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।