

रौतहट /

रौतहटमा स्थानिय तहको निर्वाचन भएको नौ महिना वितिसक्दा पनि न्यायिका समिति लगायतका कामहरु लथालिंग अवस्था रहेको छ । रौतहटमा रहेको १८ वटा स्थानिय तह मध्ये अधिकांस स्थानिय तहमा मेयर,उपमेयर,प्रशासकिय अधिकृत सहितको विवादका कारण न्यायिक समितिको कामकाज प्रभावित बनेको छ । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल,प्रशासकिय अधिकृत प्रमोद साह र सह लेखाअधिकृत नविन यादबले आफुलाई उपमेयर नै न मानेको आरोप उपमेयर परनिया देवि पटेलले लगाएका छन् । आफु निर्वाचित भएको १ महिना पछि कार्यलय संचालको लागि रजिष्टर मांग गरेको त्यो आज सम्म न पाएको भन्दै कार्यालय संचालन कसरी गर्ने प्रश्न समेत उपमेयरले गरेका थिए । कार्यालय संचालन न भएको कारण नगरवासीलाई सेवा दिनमा धेरै समस्या भएको भन्दै मेयर,प्रशासकिय अधिकृत समेतले मलाई न टेरेको आरोप लगाए । देवाही गोनाही नगरपालिकामा कार्यालय संचलानमा समेत समस्या देखिएको छ । यस सम्बन्धमा मेयर पटेलसंग सम्पर्क गर्न भाहेमा वहाँको मोवाईल फोन बन्द रहेको थियो । हरेक स्थानिय तहमा उपमेयर र उपाध्यक्ष संयोजक हुने न्यायिक समिति गठन गर्ने प्रावधान रहे पनि मेयर र उपमेयरको आपसी विवादका कारण न्यायिक समितिको कामकाज प्रावकारी हुन सकेको छैन् । जनप्रतिनिधि निवार्चित भएको नौँ महिना वित्न लाग्दा पनि उपमेयरको अधिकारको वारेमा जानकारी समेत न रहेको उपमेयर पटेलसंगको कुराकानीबाट प्रष्ट भएको छ । स्थानिय तह गठन पछि घर घरमा सिंहदरवार पुर्याउने सरकारको लक्ष्य विपरित कामकाज भई रहेको बुद्धजिवीहरुको धारणा रहेको छ ।