Take a fresh look at your lifestyle.
npa 9 suchana

विभिन्न समुदाय विच रहेको द्वेषलाई अन्त गर्ने उद्धेश्यका साथ नगर स्तरीय कार्यक्रम सल्लाहकार समिति गठन

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट /

यमुनामाई गाउँ पालिकाको सुचना

रौहतटमा विभिन्न समुदाय विच रहेको द्वेषलाई अन्त गर्ने र समाजका सबैजना मिलिजुली खुशी खुशी रहने उद्धेश्यका साथ समाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत शनिवार रौतहटमा नगरपालिका स्तरीय कार्यक्रम सल्लाहकार समिति गठन गरिएको छ । रौतहटको परोहा नगरपालिकामा शनिवार एक कार्यक्रमको विच सल्लाहकार समिति गठन गरिएको छ । समिति गठन गर्नको लागि आयोजित कार्यक्रमबाट परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलको संयोजकत्वमा १६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको समाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमका कार्यक्रम संयोजक सुनिल कुमार साहले बताए ।
सल्लाहकार समितिको सह संयोजकमा परोहा नगरपालिकाकी उपमेयर सुगान्धी गिरी, सदस्य सचिवमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवानाथ यादब रहनु भएको छ । त्यस्तै समितिको सदस्यहरुमा परोहा नगरपालिकाका वडा नं. १ देखि वडा नम्बर नौ सम्मका वडाध्यक्षहरु साथै विभिन्न विषयगत कार्यालयका प्रतिनिधीहरु सदस्यमा रहेको छ । सदस्यहरुमा शेख समिउल्ला,बृजलाल हजरा,महेश सिंह,जवाहरलाल राय यादब,शेख नेजनमुदिन,जितेन्द्र कुमार,रघुनाथ प्रसाद कलवार,खेदु मुखिया विन,शेख ईन्नुस,रामदेव प्रसाद साह,गौरीशंकर प्रसाद साह,ईसु मिया र कृष्ण प्रसाद कलवार रहेका छन् ।
युएनडिपीको सहयोगमा ग्रामिण विकास केन्द्र नेपालको समन्वय र परोहा नगरपालिकाको आयोजनमा नगरपालिकामा समाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम संचालन गरिएको छ । सो कार्यक्रम अन्तर्गत सरकारी तथा विभिन्न गैरसरकारी संघ संस्थाहरुले गरेको तथा गर्ने विभिन्न विकास निर्माण लगायतका कार्यक्रमहरुको अनुगमन तथा सल्लाह सुझाव दिने कार्य समितिले गर्ने बताएको छ ।
यता कार्यक्रम समापन गर्दै नगर प्रमुख मेयर वकिलले नगरपालिकाभित्रका सबै कार्यक्रमहरु एकद्धार प्रणालीमा ल्याउने र यसले कार्यक्रम दोहरिने सम्भावना पनि कम हुने बताउनु भयो । मेयर वकिलले नगरभित्रका सबै काम कारवाहीको अनुगमन र निगरानी यो समितिले गर्नुपर्ने बताउनुभयो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.