Take a fresh look at your lifestyle.
npa 9 suchana

मन्त्रीको प्रतिबद्धतापछि उखु किसानको धर्ना स्थगित, तालाबन्दी यथावत

gadhimai nagar palika ko suchana
suchana gadhimai

महोत्तरी, जेठ २८   ।   उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आइतबार महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको मूलढोकामा धर्नामा बसेका किसानकहाँ पुगेर अबको एक हप्तापछि उखु किसानको रकम भुक्तानी दिलाउने प्रतिवद्धता व्यक्त गरेपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित भएको हो ।

मन्त्री यादवले किसानको समस्या समाधानका लागि उक्त अवधिमा आफू पूर्णरुपमा प्रयारत रहने र सो समयमा भुक्तानी दिलाउन नसके आफू स्वयं किसानको पक्षमा धर्नामा बस्ने बताएपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित गरिएको हो ।

धर्नास्थलमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा मन्त्री यादवले भन्नु भने,

यमुनामाई गाउँ पालिकाको सुचना

“रकम भुक्तानीको समस्यालाई तत्काल समाधान गर्नेछौँ, त्यसपछि उखु किसानको समस्याको स्थायी पहल उखु विकास बोर्डमार्फत् गर्नेछ।’

मन्त्रीको आश्वासनपछि २२ दिनदेखि जारी धर्ना कार्यक्रम स्थगित भएको छ । मिलको विभिन्न गेटमा किसानले लगाएको तालाबन्दी भने जारी नै रहेको उखु उत्पादक कृषक संघ महोत्तरीका पूर्वअध्यक्ष महाशंकर थिङले बताए।

नेपाल सरकारका उद्योगमन्त्रीले नै स्वयं धर्नास्थलमा आएर प्रतिबद्धता जनाएपछि आफूहरुले तत्कालका लागि धर्ना स्थगन गरेको स्थानीय किसान नेता मनु अधिकारीले जानकारी दिए।

महोत्तरीका किसानले उखु बिक्री गरेबापत एक अर्ब ७५ करोड रकम एकमुष्ट माग गर्दै गत जेठ ६ गतेदेखि तालाबन्दीसहित धर्ना कार्यक्रम जारी राख्दै आएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.