Take a fresh look at your lifestyle.
npa 9 suchana

बालकको अपहरणपछि हत्या, हत्याको आशंकामा पाँच जना प्रहरीको नियन्त्रणमा

gadhimai nagar palika ko suchana
suchana gadhimai

राैतहट , जेठ २८ ।      रौतहटमा १३ बर्षिय बालकको अपहरणपछि हत्या, हत्याको आशंकामा पाँच जना प्रहरीको नियन्त्रणमा  रौतहट हत्या रौतहटको कटहरीया नगरपालिका ९ बाट शनिवार राति अपहरणमा परेका १३ वर्षिय बालक युवराज साहको शव फेला परेको छ ।

कटहरीया ९ डुमरिया टोलका चिकित्सक दिलिप साहको छोरा युवराज शनिवार राति घरमा सुतिरहेकै अवस्थामा हराएका थिए । परिवारका सदस्यहरु सँगै सुतेका युवराजलाई अज्ञात समूहले ओछयानबाटै लगेका थिए ।

कटहरीया नगरपालिका भन्दा १५ किलोमिटर टाढा गढीमाई नगरपालिका ५ को बाग्मती नदीको किनारमा आज बिहान बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

बालक अपरहणमा परेपछि अपहरणकारीले बालकका बाबु दिलिप साहको मोबाइलमा फोन गरेर १ करोड रुपैया फिरौती माँग गरेका थिए  । अपहरणकारीले १ करोड रुपैया मागेको भोलि पल्ट नै बालकको हत्या गरेका हुन ।

यमुनामाई गाउँ पालिकाको सुचना

बालक हराएको खबर पाए लगतै खोजतलाशमा जुटेको प्रहरीले आज बिहान युवराजको शव फेला पारेको थियो । बालकको कन्चटमा एक गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी निरिक्षक मनोज यादवले बताए ।

शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौरमा ल्याइएको छ ।

घटनामा सँलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वृन्दावन नगरपालिका का विनोद कुमार पटेल, रवी कुमार पटेल, कटहरीया ९ डुमरियाका प्रविण राय यादव, शक्ति राय यादव, तथा सुनिल कुमार यादव रहेका छन ।

पाँचै जना सँग घटनाका बारेमा सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.