Take a fresh look at your lifestyle.
npa 9 suchana

वीरगन्ज भन्सारमा ‘बिल अफ एक्सपोर्ट’ लागू

gadhimai nagar palika ko suchana
suchana gadhimai

वीरगन्ज जेठ ,३१  ।     मुलुकको प्रमुख नाका वीरगन्ज भन्सार कार्यालयले आयातमा ‘बिल अफ एक्सपोर्ट’ लागू गरेको छ । भारतबाट आयात हुने वस्तुको बिल ‘अफ एक्सपोर्ट’ लागू गरेको हाे। यसअघि आयातकर्ताले चेक लिस्टका आधारमा जाँचपास गराउँदै आएका थिए ।                                 न्यून बिजकीकरण र गलत घोषणा गर्ने परिपाटीलाई निरुत्साहित पार्न ‘बिल अफ एक्सपोर्ट’ गत आइतबारदेखि अनिवार्य गरिएको कर्मचारीले बताएका छन् । वस्तु निकासी भएपछि रक्सौल कस्टमले ‘बिल अफ एक्सपोर्ट’ जारी गर्छ । ‘चेकलिस्ट बिल अफ एक्सपोर्ट जस्तै भए पनि त्यो रक्सौल कस्टमबाट प्रमाणित कागज होइन,’ एक कर्मचारीले भने, ‘बिल अफ एक्सपोर्ट कस्टमको प्रमाणित कागजात हो । त्यसमा वस्तुको नाम, मूल्य, उत्पत्तिलगायतको विवरण हुन्छ ।’

बिल अफ एक्सपोर्ट जारी गर्न कम्तीमा दुई दिन लाग्ने भएकाले जाँचपास प्रक्रियामा ढिलाई हुने आयातकर्ताले गुनासो गरेका छन् । ‘जाँचपासमा ढिलाई भएसँगै दैनिक लाखौँ रुपैयाँ मालवाहक सवारीको डिटेन्सन शुल्क तिर्नुपरेको छ,’ वीरगन्जका एक आयातकर्ताले भने, ‘व्यापार सहजीकरण हुनुपर्नेमा झन बाधा सृजना गरिएको छ ।’ भारतीय वस्तु बोकेर वीरगन्ज नाकाका लागि दैनिक करिब ५ सय मालवाहक ट्रक आउने गरेका छन् । तोकिएको भाडामा लाग्ने अतिरिक्त शुल्क व्यवसायीले अन्तिममा उपभोक्ताबाट असुल्छन् । आयातकर्ताका अनुसार रक्सौल कस्टमले निकासीको समयमा उपलब्ध गराउने चेक लिस्ट नम्बर कस्टमको वेभसाइटमा राखेर वस्तु चेक गर्न सकिन्छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

चेक लिस्ट नम्बर हातले लेखेर केही आयातकर्ताले वीरगन्ज भन्सारमा अनियमितता गरेको यसअघि उजागर भएको थियो । ‘आयातकर्ताले गरेको बदमासीका कारण सबैले दु:ख भोग्नुपरेको छ,’ एक एजेन्ट भन्छन्, ‘गल्ती गर्नेलाई कारबाही गर्नुको सट्टा सबैलाई असहज हुने नियम लागू गरिएको छ । चेकलिस्ट नम्बर हातले लेख्नेलाई कारबाही गर्न सकिन्थ्यो, प्रिन्टेड नम्बरलाई मात्र मान्यता दिएको भए हुन्थ्यो ।’ वीरगन्ज भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले रक्सौल कस्टमले यथाशीघ्र बिल अफ एक्सपोर्ट जारी गर्ने प्रतिबद्धता जनाएको बताए । बिल अफ एक्सपोर्ट जारी गर्न ढिलाइ हँुदैन भनेका छन्, पोखरेलले भने, ‘गलत गर्ने केही एजेन्ट र आयातकर्ताले भ्रम मात्र फैलाएका हुन् । असहज हुनेका लागि भन्सार सहजीकरण गर्न तयार छ ।’

भन्सार प्रमुखले ढिलाइ नहुने बताइरहे पनि आदर्शनगरका एक आयातकर्ताले दुई दिनदेखि ६० वटा प्रज्ञापनपत्रको बिल अफ एक्सपोर्ट नआएको सुनाए । रक्सौल कस्टमका कर्मचारीले बिल अफ एक्सपोर्ट जारी गर्न कम्तिमा २ दिन लाग्ने प्रतिक्रिया दिए । जनशक्ति र प्रिन्टर अभावका कारण बिल अफ एक्सपोर्ट छिट्टो निकाल्न समस्या रहेको उनले जनाए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.