

गुजरा नगरपालिकामा एक सुकुम्वासीले जमिन भाडामा लिएर तरकारी खेती गरेर आम्दानी लिइरहेका छन । गुजरा नपा २ कटानीटोलका चन्द्र बहादुर थिङ्गले तरकारी खेती गरेका हुन ।
बार्षिक प्रति कठ्ठा दुइ हजार जमिन धनीलाइ बुझाउने गरी १२ कठ्ठा जमिन भाडामा लिएका छन ।
भाडामा लिएको १२ कठ्ठा मध्ये करीव ५ कठ्ठा जमिनमा तरकारी खेती गरेका थिङ्गले गएको सिजनमा ६५ हजार नाफा गरेको बताए ।
जनताशिल भुमि अधिकार संगठनबाट ३५ हजार कर्जा लिएर उनले तरकारी खेती शुरु गरेका थिए । कर्जाको रकमले सिचाइ गर्न पानी तान्ने मोटर राखेका छन ।
मल, बिउ सहजरुपमा नपाइने र उचित प्राबिधिक सल्लाह समेत नपाइने हुदा व्यवसायीकरुपमा तरकारी खेती गर्ने किसानहरु पिडित बन्दै आएको उनले बताउका छन ।

गएका सिजनमा बोडी, लौका, करेला, भिन्डी, फर्सी , खुर्सानी उनले उत्पादन गरेका छन ।
पछिल्लो दिनहरुमा श्रीमान श्रीमती नै तरकारी खेतीमा जुटेका छन । मेहनत गर्न सके तरकारी खेती बाट कमाइ हुने उनीहरुको अनुभव रहेको छ ।
अव आउने सिजनमा बढी जमिनमा तरकारी खेती गर्ने तयारीमा रहेका थिङ्ग रहेका छन ।
जमिन भाडामा लिएर भएपनि सुकुम्वासीहरु लाइ आत्मनिर्भर बनाउनका लागी भुमि अधिकार मन्चले आयआर्जन कार्यमा आर्थिक सहयोग गर्दै आएको भुमि अधिकार मन्चका रौतहट जिल्ला संयोजक अनुप माझी मुसहरले बताएका छन ।
रौतहट जिल्लाको ५ वटा नगरपालिकोको २१ वटा वडामा सुकुम्वासीहरु संगठीत भएर बिभिन्न आयमुलक कार्यक्रमहरु तथा अकिारका लागी आवाज उठाउदै आएका छन ।
जिल्लामा यस बर्ष दुइ हजार ५ सय ६७ जना सुकुम्वासीले नाम दर्ता गराएका छन ।