Take a fresh look at your lifestyle.
npa 9 suchana

पौरानिक मन्दिरको अवषेशहरुको उत्खनन भइरहेको स्थलगत मेयर रिना कुमारी साहद्वारा निरीक्षण, पर्यटकीय स्थल बनाई नगरलाई समृद्ध नगर बनाउने उदघोष

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, असार ०४ । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साह आज सोमवार पतौरामा हिन्दुहरुको पौरानिक मन्दिरको अवषेशहरुको उत्खनन भइरहेको स्थलगत निरीक्षण गर्दै उत्खन्न पछि संरक्षित गरि यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएकी छिन ।


मेयर रिना कुमारी साहले, नगरपालिका भित्र रहेका सांस्कृति र पर्यटन क्षेत्रलाई सम्बर्धन एवं संरक्षण गर्ने र राष्ट्रीय अन्तराष्ट्रीय पर्यटक भीत¥याउने उदेश्यका साथ यस्ता क्षेत्रहरुका पहिचान गरि उत्खन्न कार्य जारी रहेको पत्रकारहरु संगको बताए । बरिष्ठ पुरतातित्वबिद तारानन्द मिश्रका अनुसार मौलापुर नगर क्षेत्रमा यस्ता कर्नाटक कालीन अवशेष पाएको हुनाले यसलाई सम्बर्धन संरक्षित गर्दै समृद्ध नगरपालिका बनाउने मेयर साहले बताए ।
पतौराको उत्खन्न कार्य गरि रहेका बरिष्ठ पुरतातित्वबिद तारानन्द मिश्रका अनुसार यो अवशेषहरु अहिले सम्मको अध्ययन अनुसार ११ देखी १३ सतवादी बीच भएको अनुमान गरिएको छ । पुरातत्त्व अधिकृत सुशिल कुमार गौतमका अनुसार सबै ठाउमा बिभिन्न किसिमको अवशेष पाईरहेको हुनाले यो महत्वपूर्ण ठाउलाई स्थानीयले जोगाउनु पर्ने बताए । टोलीमा ईन्जिनियर रोशनि महर्जन, फटाग्रफर राजकुमार बंजारा पनि रहेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना


रौतहटको मौलापुर नगरपालिकाको पतौरामा भईरहेको शिव मन्दिरको उत्खननमा महत्वपूर्ण उपलब्धि हासिल हुने सम्भावना बढेका छ । उत्खन्नमा देखिएको संंरचना र इँटालगायतको वस्तुले मन्दिर कर्णाटकालीन हुनसक्ने सम्भावना बढे छ । बंगालको कर्णाटवंशी नान्यदेव स्थापना गरेको डोय राज्यको तिरहुत पनि भने गरिन्छ । डोय राज्यको राजधानी सिमराँव रहेको थियो जसलाई कालान्तरमा सिम्रौनगढ भनिन्थ्यो । सन् १०९७ मा नान्यदेव सिम्रौनगढ राजधानी बनाएर राज्य सुरु गरेको थियो । नान्यदेवको दुगो छोरा मल्लदेव र गंगदेव थियो । मल्लदेव चिकौरको राजा बने र गंगदेव सिम्रौनगढको । गंगदेव अत्यन्त शक्तिशाली राजा बने । गंगदेव पछि हरिसिंहदेव राजा बने, सम्भवतः त्यही हरिसिंहदेवको समयमा मुस्लिमद्वारा आक्रमण भएको थियो । त्यही आक्रमणको सिकार मन्दिर भएको अनुमान गरिएको छ । पतौराको मन्दिरको उत्खनन पछि त्यसको वास्तविकता पत्ता लाग्ने उत्खननमा प्रत्यक्ष संलग्न विजय यादव निर्बिजले जानकारी गराए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.