Take a fresh look at your lifestyle.
npa 9 suchana

बहुमतबाट निर्णय गर्नुपर्ने महतोको प्रस्ताव

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडौं , असार ५ ।   राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अध्यक्ष मण्डलको अधिकार कटौती गर्न प्रस्ताव गरेका छन्। सोमबारदेखि काठमाडौंमा सुरु भएको पार्टी राजनीतिक समिति बैठकमा उनले पार्टीका हरेक निर्णय अध्यक्ष मण्डलको सहमतिबाट गर्नुपर्ने वैधानिक प्रावधानका कारण महत्वपूर्ण विषयमा निर्णय गर्न अप्ठ्यारो हुने गरेको गुनासो गरे। स्रोतका अनुसार बैठकमा उनले भने, ‘पार्टी विधानका अनुसार हरेक विषय टुंग्याउन अध्यक्ष मण्डलको सहमति आवश्यक हुन्छ तर अध्यक्ष मण्डलमा सहमति नहुँदा धेरैवटा प्रस्ताव ज्यूँका त्यूँ छन्।’

बैठकमा महतोले अध्यक्ष मण्डलको अधिकार कटौती गरी राजनीतिक समितिलाई दिनुपर्ने तर्क गरेको स्रोतले बतायो। ‘राजनीतिक समितिबाट बहुमत र अल्पमतका आधारमा निर्णय गर्न सहज हुने हुँदा अध्यक्ष मण्डलको अधिकार राजनीतिक समितिलाई दिनुपर्ने महतोको धारणा छ,’ सोतले भन्यो। प्रतिनिधिसभा निर्वाचन भएको सात महिना हुन लाग्दा पनि पार्टीमा संसदीय दलको नेता चयन नहुनु लाजमर्दो भएको महतोको भनाइ थियो।

यमुनामाई गाउँ पालिकाको सुचना

महतोले असार महिनासम्म पार्टी महाधिवेशन गर्न निर्वाचन आयोगले भने पनि महाधिवेशन तयारी अघि नबढेकोमा बैठकमा चिन्ता व्यक्त गर्दै संसदीय दलको नेता तत्काल चयन नगर्न पनि सुझाए। उनले रेशम चौधरीको शपथग्रहण, मुद्दा फिर्ता र संविधान संशोधन हुने विश्वसनीय वातावरण नबनेसम्म राजपा सरकार जान नहुने धारणा राख्दै असारसम्म महाधिवेशन गर्न सक्ने अवस्था नभएकाले महाधिवेशनका लागि ६ महिना म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुपर्ने बताए।

बैठकको प्रारम्भमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले निर्वाचन आयोगले पठाएको चिठीबारे जानकारी दिँदै पार्टी सरकारमा जाने वा नजाने लगायत विषयमा सुझाव दिन नेताहरूलाई आग्रह गरेका थिए। राजनीतिक समितिको बैठक मंगलबारसमेत बस्नेछ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.