Take a fresh look at your lifestyle.
npa 9 suchana

दुईटा अर्थ लाग्ने अश्लील गीत बन्द गर्नको लागि विद्यार्थीहरुले निकाले अनुरोध रैली

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट /असार ०६ /

यमुनामाई गाउँ पालिकाको सुचना

रौतहट जिल्लाको सदरमुकाम गौरमा सार्वजनिक ठाँऊमा अश्लील भोजपुरी गित न बजाउनको लागि दबाब स्वरुप अनुरोध रैली निकालिएकोे छ । मानव अंगका विभिन्न किसिमको दोहरो अर्थ लाग्ने अश्लिल भोजपुरी गितहरु जथाभावी तरिकाले सार्वजनिक स्थानहरुमा चर्को अवाजमा बज्ने गरेकोले त्यो समाजको लागि अपाच्य हुने भएकोले रौतहट एफ एममा कार्यरत पत्रकार चञ्चल कुमार झाको नेतृत्वमा गएको युवाहरुको समुहले जिल्ला प्रशासन कार्यालय रौतहट,जिल्ला प्रहरी कार्यालय रौतहट र गौर नगरपालिकालाई ज्ञापन बुझाईएको थियो । ज्ञापन बुझाएको तिन हप्ता वितिसक्दा पनि केहि ठोस पहल न भएको कारण आज वुधवार पत्रकार झाको नेतृत्वमा रहेको पँहुच परियोजना अन्तरगतको कार्यदलका सदस्य र प्रहरी सहितको विद्यार्थीको समुह सार्वजनिक स्थानमा अश्लील गित न बजाउनको लागि दबाबमुलक अनुरोध रैली गौरमा निकालिएको छ । दुगो अर्थ लागेवाला अश्लिील गित सार्वजनिक जगह पर न बजाउ आ बजाबेवालाके रोकेके प्रयास करु । “बेटी बहिनके स्कुल जाएमे रहल व्यवधानके हटाउ, “दुअर्थी अश्लिील गित सार्वजनिक जगह पर कृप्या न बजाउ”, बेटीके भी स्कुल पठाउ ,समाजमे अपन मान बढाउ” , “बेटी बनत होसियार तबहिए जागरुक होएत सरकार”,“बचपनमे हए शिक्षाके जरुरी,तबहिए होएत बालविवाहसे दुरी”,“न चाँही भिख ,हम लेली इहे सिख” लेखिएको नारा सहितको दबाबमुलक अनुरोध रैली निकालिएको थियो । जिल्ला प्रशासन कार्यालय गौरलाई ज्ञापन बुझाएको दुई दिन पछि एफ एम रेडियोबाट बज्ने गरेको दोहरो अर्थ लाग्ने अश्लिल गितहरुलाई न बजाउनको लागि अनुरोध पत्र काटिए पनि त्यो कार्यन्वय हुन सकेको छैन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.